भद्रपुर २४ फागुन । ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको झापा कारागारमा रहेका बालबालिकालाई पौष्टिक खानेकुरा, कपडा तथा फलफूल वितरण गरिएको छ ।
भद्रपुर नगरपालिकाको सप्ताहव्यापी कार्यक्रम एबिसी नेपाल झापा साना हातहरु नेपाल भद्रपुर, मानब अधिकारका लागि महिला एकल महिला र दिदिबहिनी समुहको संयुक्त सहआयोजनामा कारागारमा रहेका बालबालिकालाई पौष्टिक आहार, कपडा, फलफूल वितरण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका महिलालाई सेनेटरी प्याड वितरण गरिएको थियो ।
एबीसी नेपालका झापा अध्यक्ष झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा जेलर सावित्रा बस्नेतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानब अधिकारका लागि महिला एकल महिला अध्यक्ष रेखा अधिकारी, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य ज्योति न्यौपाने, बिर्तामोड वडा नं.–५ का वडा सदस्य हर्कमाया बिक तथा महिला आन्तरिक प्रशासन प्रमुक रिता राई लगायतले मन्तव्य राखेका थिए । आन्तरिक प्रशासन प्रमुख राईले बन्दी जीवन विताइरहेको दिदी बहिनीलाई सीप मुलक तालिम दिनसके भोलिका दिनमा हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो ।
एबिसी नेपालले विगत लामो समयदेखि ब्याग तथा सिलाई कटिङको लागि सहयोग गर्दै आएको छ । कार्यक्रमको सञ्चालन साना हातहरु नेपालका स्टेसन म्यानेजर बिक्रम वाग्लेले गर्नुभएको थियो ।
साथै जिल्ला प्रहरी कार्यलय झापाको जिल्ला प्रहरी निरिक्षक सपना खड्काको उपस्थितिमा हिरासतमा राखिएका महिलाहरूलाइ सेनेटरी प्याड बितरण गरिएको छ ।

































































































