Homeसमाचारनारी दिवसको सन्दर्भमा ज्येष्ठ महिला र असल बुहारीलाई सम्मान

नारी दिवसको सन्दर्भमा ज्येष्ठ महिला र असल बुहारीलाई सम्मान

भद्रपुर २४ फागुन । विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको झापाको भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले ११२ आंै अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर एकजना ज्येष्ठ माता र एकजना असल बुहारीलाई सम्मान गरेको छ ।
मंगलबार चन्द्रगढीस्थित हनुमान चौकमा आयोजित कार्यक्रमका बीच ७८ बर्षिय आमा पुन्यकुमारी मैनाली र असलका रुपमा बुहारी कल्पना ढकाल चापागाईलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ , अध्यक्ष कमलप्रसाद अधिकारीसहित कार्यक्रममा सहभागीले सम्मान गरेका थिए । सो अवसरमा सोहि चोक निवासी समाजसेवी होमनाथ घिमिरेले संस्थाको अक्षयकोष निर्माणका लागि रु एकलाख एकहजार एकसय ११ रुपैयाँ नगद प्रदान गर्नु भएको थियो ।
यसै गरी नेकपा माओवादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी ले रु पाँचहजार पाँचसय ५ र गणेश पौडेलले कोषलाई नगद पाँच हजार प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेकपा माओवादी केन्द्र भद्रपुर अध्यक्ष राजभण्डारी, भद्रपुर १० वडाध्यक्ष टेकबहादुर खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।
अध्यक्ष अधिकारीले औचित्यमाथि प्रकास पारेको कार्यक्रमको संचालन देवीमाया अधिकारी र स्वागत मन्तव्य नयाँनाथ पाण्डेले राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी दिवसको सन्दर्भमा ज्येष्ठ महिला र असल बुहारीलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img