Homeमहिला११२ औं अन्तराष्ट्रिय दिवस र महिलाको अवस्था

११२ औं अन्तराष्ट्रिय दिवस र महिलाको अवस्था

जोस्ना श्रेष्ठ

आज मार्च ८ तारिक ,११२ औ अन्तराष्ट्रिय श्रमिक नारी दिवस ।  हरेक बर्ष झै यसबर्ष पनि लैगिक समानता र महिला  हिंसा अन्त्यका लागि विश्वभरका महिलाहरुले बिभिन्न कार्यक्रमको गरी यो दिवस मनाउँदैछन् ।
बिसौ शताब्दीका पूँजीवादी बर्गले बढी नाफा कमाउने उद्देश्यले महिला श्रमिकलाई बढी समय काम गर्न लगाउने र श्रमको उचित ज्याला नदिने गर्दथे । आफुहरुमाथि भएको यो हिंसा बिरुद्ध सन् १९०८ मा न्युयोर्क शहरमा पन्ध्र हजार महिलाहरुले श्रमको उचित ज्याला पाउनुपर्ने, आठघण्टा काम, आठ घण्टा मनोरन्जन ,आठ घण्टा बिश्राम र मतदान गर्न पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरे । उक्त बिरोध प्रदर्शन नै यो दिवसको बिजारोपण मानिन्छ ।
सन् १९१०मा डेनमार्कको कोपेनहेगनमा भएको समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले  हरेक बर्षको मार्च ८ तारिकका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय सर्वसम्मतिले पारित ग¥यो । जसको अगुवाई क्लारा जेटकिनले गरेकी थिइन् ।
यो दिवस पहिलोपटक सन् १९११ मा जर्मनी ,डेनमार्क, अष्ट्रिया र स्वीटजरल्याण्डमा मनाइएको थियो । श्रम संग जोडिएर शुरु भएको उक्त आन्दोलनलाई संयुक्त संघले १९७५मा यो दिवस मनाउन शुरु गरेपश्चात मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  मनाउने आधिकारिकता प्रदान ग¥यो ।
नेपालमा पनि १९७५ देखि यो दिवस मनाउन थालिएको हो ।  विश्वमा यो दिवस मनाउन थालिएको एक शताब्दीभन्दा बढी भइसकेको छ । एक शताब्दीभन्दा अघिदेखि यो दिवस मनाउन थालिए पनि लैंगिक समानता कायम हुन सकेको छैन ।
 अभैm पनि महिलाहरुले पुरुषसरह आफ्नो श्रमको उचित पारिश्रमिक पाउन सकेको अवस्था छैन । जरा गाडिएका संकुचित सोचको पर्खालहरु मानसपटलबाट भत्कन सकेको छैन । विश्वभरका महिला लैगिक समानता ,महिला हिंसा अन्त्यका लागि आफ्नो अधिकार सुनिश्चित गराउन निरन्तररुपमा लागिरहेका छन् ।
बिर्तामोड–१ बस्नेत गाउ बस्ने ४० बर्षिया शान्ती टुडु सानै उमेरदेखि घर बनाउने काममा ज्याला मजदुरी गर्दै आएको बताउँछिन् । शुरुमा उनले एकदिन काम गरेबापत दश रुपैया कमाउथिन् रे । अहिले एकदिन काम गरेबापत पाँचसय रुपैया कमाउँछिन् । तर उनीजस्तै समान काम गर्ने पुरुषले भने एकदिन उही काम गरेबापत छ सय पचास रुपैया कमाउने उनी बताउँछिन् ।
शान्ती भन्छिन्–‘श्रीमान् काम गर्दैनन्, दैनिक पाचसय कमाएर चार जनाको परिवार चलाउनु पर्छ । महंगी बढेका कारण दैनिकको ज्यालाले घर चलाउन गाह्रो छ । रिन माथि रिन थपिदै गएको छ ।’ त्यस्तै शान्तिसंगै काम गर्ने बिर्तामोड वडा नं–३ की सम्झना सार्की अहिले ४१ बर्षकी भइन । उनी पनि शान्तिकै बिगतका कथा सुनाउँछिन् ।
उनले काम शुरुगर्दा प्रतिदिन १० रुपैयाँ कमाउथिन् रे, अहिले दैनिक ज्याला पाँचसय पुगेको छ । दैनिक कमाएको पाँचसयले सम्झनाले आफूसहित रोगी श्रीमान, १६ बर्षका छोरा र ११ बर्षिया छोरी गरी ४ जनाको परिवार धान्ने जिम्मेवारी छ । पाँचसय रुपैयाँले पुग्छ त ? भन्ने जिज्ञासामा उनी भन्छिन्–ऋण लाग्छ ।’ निर्माण क्षेत्रमा काम गर्ने यी महिलालाई श्रमिक महिला दिवसबारे बेखबर छन् ।
मजदुरी गर्ने महिलाहरुको मात्र होइन कतिपय कार्यालयमा पनि समान कामको मासिक तलव असमान भएको बताउँछन्
श्रमको कुरा एकातिर छ । अर्कोतिर महिलाहरुले महिला भएकै कारण घरेलु हिंसा, यौनजन्य हिंसा बलात्कार, जस्ता जधन्य अपराधमा परी ज्यान गुमाइरहेका छन् । बलात्कारको तथ्यांक कहाली लाग्दो छ ।
कलिला नानीहरुदेखि लिएर बृद्धासम्म बलात्कृत भएका छन् । यस्तो जधन्य अपराधमा संलग्न मध्ये कमैलाई मात्र कारवाही भएको सुनिन्छ । अधिकतमले उन्मुक्ति पाइरहेका छन् । यो अवस्थामा छोरीहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने ठुलो चिन्ताको विषय बनेको छ ।  लैंङ्गिक हिंसाका विज्ञ महिलाहरु भन्छन् लिंगको आधारमा कानुनी विभेद छैन । हाम्रो समाजमा बिद्यमान पुरातन सोच, धार्मिक,सास्कृतिक,र सामाजिक मूल्य मान्यताले लैगिक असमानता कायम रहेको बताउँछन् उनीहरु ।  
छोरीहरु आफ्नै गाउँ, समाजमा असुरक्षित हुन्छन् ,बलात्कृत हुन्छिन्, मारिन्छिन् । पीडितले कहीबाट न्याय पाउँदिनन् । यो कहिले सम्म ?
पीडितलाई न्याय दिलाउन परिवारजनले सडकदेखि सदन सम्मबर्षौ आन्दोलन चर्काउनु पर्छ । आन्दोलनका क्रममा पीडितका परिवारको धन सकिन्छ, समय सकिन्छ , साना तिना व्यवसाय सकिन्छ , आवाज सुक्छ ,न्याय माग्ने क्रम बर्षौ चल्छ ,पीडितका परिवारका आँखाका आशु सुक्छन् । अन्ततः थाक्छन् गल्छन् । सरकार निरिह झै हेरेर बस्छ र अन्त्यमा घटना  सेलाएर जान्छ ।
किन र कहिले सम्म ?
कैयौ निर्मलाहरुले न्याय नपाएर आत्मा छटपटाईरहेका छन् भने निर्मलाहरु यौन हिंशाको शिकार मारिने क्रम नरोकिदा यो सबैको चिन्ता र चासो बिषय बनेको छ ।  नागरिकलाई शान्ति र सुरक्षा दिने जिम्मेवारी कसको हो ? । श्रमिक महिला दिवसको सन्दर्भ बिर्तामोड ४ की सामाजिक अगुवा तथा व्यवसायी भगवती घिमिरे मैनाली भन्छिन्,–‘पहिले महिलाहरुले जुन खाले उत्पीडन भोग्नुपथ्र्यो त्यो पिडाबाट अहिलेका महिलाहरु थोरै बाहिर आएको अवस्था छ ।’ उनी थप्छिन्–‘अहिलेका महिलाहरु स्वतन्त्र छन् ,आत्मनिर्भर छन् पहिलेको तुलनामा सुधारोउन्मुख छ, खासगरी शहरी क्षेत्रका महिलाहरुमा सकरात्मक परिवर्तन आएको छ । तर ग्रामिण क्षेत्रका महिलाहरुमा अभै परिवर्तन आउन सकेको छैन  । शहरी क्षेत्रका महिलाहरुमा यतिबेला कामको बोझ थपिएको छ,भन्न त हामी महिला पुरुष एक रथका दुई पाग्रा भन्छौ तर घरायसी कामको बाँडफाँड नहँुदा दोहोरो जिम्मेवारीको  बाध्यत्मक परिस्थिति छ ।
एउटा पुरुष राति एक्लै हिड्न सँछ । तर त्यही ठाउँमा त्यसरी नै महिला एक्लै हिड्न सक्दिनन् । उनी असुरक्षित हुन्छिन् । आफ्नै ठाउँमा असुरक्षित हुन्छिन् । महिला माथि हुने यसप्रकारको हिंसा तथा अपराध नरोकिनु फितलो कानुन र कार्यान्वयन पक्ष कमजोर ठान्छिन्। यदि बलात्कारीलाई फाँसी या मृत्युदण्डको सजाँय हुने हो भने यस्ता अपराध कम हुन्थे, बलात्कार गर्नु आफु मारिनु हो भन्ने डरले अपराध गर्ने त के सोच्न पनि सक्दैनथे ।
त्यसैगरी मानव अधिकारकर्मी महिलाहरु बिगतका तुलनामा खास गरी अहिलेका महिलाहरुको राजनीतिक अवस्थामा राम्रो सुधार आएको बताउदै आएका छन् । तर जति मात्रामा हुनुपर्ने हो त्यति हुन नसकेको उनीहरु बताउछन्।मुलुक संघीय लोकतान्त्रिक पद्दतीको अभ्यास गर्दैछ,कार्यकारी र प्रमुख पदमा महिलाहरुको संख्या न्युन छ । सेरेमोनियल र दोस्रो पदमा मात्र महिला हुनु  विभेद स्पष्ट रुपमा देखिन्छ ।
दाईजो प्रथा ,कमलरी प्रथा, छाउपडी प्रथा,बोक्सी प्रथा उन्मुलन हुन अभै बाकी नै छ । दाईजो कम ल्याएको निहुमा छोरीहरु जिउदै जलाईन्छ । महिलालाई छोरा जन्माउन दवाब दिएइएकै छ । महिलाहरुले बिहान अध्यारैदेखि उठेर राति अबेरसम्म टुसुक्क बस्न नपाइ गरेका घर धन्दा,बस्तु भाउ ,नानीहरुको हेरचाह ,परिवारका लागि खानापिना लगायत कामको लेखाजोखा गरिदैन ।
तसर्थ समानताका लागि यस्ता हिंसात्मक सोचहरु हामीले परिवर्तन गर्न जरुरी छ ।
 हामीलाई अथाह माया गर्ने बुबा, दाजुभाई, काका,मामा श्रीमान घरैमा हुनुहुन्छ । वहाँहरुबाट हौसला, उत्प्रेरणा र साथ पाएका छौ र निरन्तर रुपमा पाइरहने अपेक्षा गर्दछौ ।  पुरुष एउटा व्यक्ति होइन, पौरुषत्व देखाउन खोज्ने प्रबृत्ति हो । पौरुषत्व देखाउन खोज्दा समाजमा पर्ने समस्यातर्फ सचेत हुने हो भने सभ्य समाज निर्माण  अवश्य हुनेछ । सति जाने प्रथाबाट यहाँसम्म आइपुग्दा भएका कामले उत्सुकता  र जाँगर बढेको पाइन्छ । हरेक क्षेत्रमा सक्षमता र सवलता देखिएका छन् ।
हामीले धेरै सिक्नु छ । उत्सुकता र इच्छाशक्ति देखाउ । लगनशील बनौ, मेहनत गरौ । सकरात्मकका साथ अघि बढौ सफलता अवश्य प्राप्त हुनेछ । अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सम्पुर्ण महिला दिदिबहिनीहरु तथा दाजुभाईहरुमा शुभकामना ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिला११२ औं अन्तराष्ट्रिय दिवस र महिलाको अवस्था
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img