HomeFeatured 2हिंसा रोक्न महिला आफैं सक्षम हुनुपर्छ

हिंसा रोक्न महिला आफैं सक्षम हुनुपर्छ

भनिन्छ पुरुषमा भन्दा महिलामा बढी यौन चाहना हुन्छ । यदि त्यसो भए छोरी मान्छेले पनि दिनदहाडै पुरुषलाई जताततै आफ्नो प्यास मेटाउन किन जबरजस्ती गर्दैनन् रु किन हरेक दिन पुरुष बलात्कारको सिकार हुँदैनन् रु पुरुषहरु किन ‘सामूहिक बलात्कार’ को सिकार हुँदैन । विपरित लिङ्गप्रति आकर्षित हुनु स्वभाविक हो तर, आकर्षणको अर्थ हिंसा होइन ।
आज भोलिका सबै समाचार बुलेटिन तथा पत्रकारिता महिला हिंसाका घटनाले भरिएका छन् । यसले हाम्रो समाज महिलका लागि कति असुरक्षित छ भन्ने कुराको पुष्टि गरिरहेको छ । महिला भएकै कारणले कतिबेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका छन् महिलाहरू । बाहिर आउने त केवल प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना हाम्रो समाजमा हजारौं दिनानुदिन बढिरहेकाछन् । एकाबिहानै रेडियो र पत्रपत्रिकामा बलात्कार र बलात्कारपछि बर्बर हत्या भन्ने शीर्षकको समाचारहरु सुन्नु, पढ्नु र लेख्नु दैनिकी झै भइसकेको छ । मस्तिष्क हल्लिन्छ, समाजमा कतिसम्म मनुष्यरुपी पशुहरुको जन्म हुँदोरहेछ भनेर । यस्ता समाचार लेखिरहँदा, सुनिरहँदा हरेक दिन मन नराम्ररी दुखेको हुन्छ । अनि बिद्रोह र प्रतिशोधको ज्वाला दन्किन्छ र मन बिचलित हुन्छ । बलात्कारका कतिपय घटनाहरू त यति विभत्स हुन्छन् कि सुन्दा पनि आङ जिरिङ्ग हुन्छ, मुटु थरर्र काँप्छ । त्यसैले, केही प्रश्नहरू उठ्छन्, के हो बलात्कार रु किन हुन्छ, बलात्कार रु के बलात्कार ‘मानसिक रोग’ हो रु कसरी हुन सक्छ बलात्कारको रोकथाम रु यो निकै चिन्ताको विषय हो ।
हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवम् परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने लगायतका घटनाहरु महिलाले भोग्दै आइरहेका छन् ।
यस्ता घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना हाम्रो समाजमा हजारौं भइरहेका छन् । महिला अधिकारकर्मीका अनुसार जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन् । बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभाव आदिको कारणले सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन् । यसरी हाम्रो समाजमा महिला हृदय विदारक अवस्थामा बाँच्नु परिरहेको छ । उनीहरू राज्य प्रशासनबाटै सुरक्षित छैनन् । आफ्नै घर परिवारबाट सुरक्षित छैनन् । आफन्त भन्नेबाट नै सुरक्षित छैनन् । आफ्नो घर आँगन तथा छरछिमेकमा नै सुरक्षित छैनन् । तर, पनि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ ।
जुन आजको सभ्य समाजको दुर्भाग्य हो । सृष्टिको अपमान हो र सम्पूर्ण नारी जातिमाथिको धावा हो । स्मरण रहोस् म पनि कुनै पुरुषकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी, कसैकी दिदीबहिनी, कसैकी भान्जी र विभिन्न नातामा बाँधिएकी नारी छु । यो मेरो नितान्त निजी बिचार हो । मेरो उद्देश्य सभ्य र सुसंस्कृत महिला र पुरुषहरूले समाजको यो कलङ्क हटाउन अन्तरात्माबाट लागिपरुन भन्ने मात्र हो ।
हामी २१ औं शताब्दीमा छौँ । आजको दिनमा अधिकारका कुरा गर्दा सबै समान र पूर्ण अधिकारको कुरा हुने गर्दछ । नेपालमा संवैधानिक रुपमा महिलालाई समान अधिकार र समान अवसर प्रदान गरिएको एकदशक बितिसकेको छ । तर, के साँच्चै ती अधिकार र अवसर समान रुपमा प्रत्याभूत भएका छन् । आधा आकाश ढाकिएका भनिएका महिलालाई सधैं किन दयाको पात्रको रुपमा मात्र उभ्याइन्छ ।
प्रत्येक वर्ष महिला अधिकार र हिंसा विरोधी दिवस आउँछ । हरेक बर्ष नारी दिवस आउँछ । र, चर्चा हुने गर्छ, दिवसमा मात्र कहिलेसम्म सिमित हुने रु अधिकारका लागि कहिलेसम्म नारा लगाउने ? आखिर भाषण मात्र कहिलेसम्म हो, यस्तै यस्तै प्रश्नको उत्तर हो महिला नेतृत्वको आवश्यकता ।
महिलाका नाममा विभिन्न दिवस छन्, उत्सव छन्, उत्थानका कार्यक्रमहरु छन्, महिलाका लागि भनेर विभिन्न कानुन निर्माण नभएका पनि होइनन् तर, अवसर कार्यन्वयन सधैं अर्थहिन । एउटा श्रीमानले समाजमा पाउने सम्मानमा श्रीमती सबैभन्दा खुशी भएको पाउछौँ । तर, त्यसको ठिक विपरित श्रीमतीले पाएको सामाजिक भूमिका र सम्मानमा खुशी हुने सामथ्र्य राख्ने पुरुष भेटाउन मुस्किल पर्छ भन्दा अन्यथा नहोला ।
नेतृत्वमा महिला सहभागिता न्यून
नेपालको राजनीतिमा निर्णायक तहमा महिलाको सक्रिय सहभगिता न हिजो थियो, न बर्तमानमा देखिँदैछ र भबिष्यमा पनि त्यस्तो उर्जावान महिलालाई नेतृत्व तहमा लैजान पार्टी पङक्तिले खासै ध्यान पुर्याएको देखिँदैन । अपवाद बाहेक महिलालाई कार्यकारी भूमिका खोई ? न त प्रशासनिक क्षेत्रमा, न त राजनीतिक क्षेत्रमा । निजी क्षेत्रको त यहाँ कुरै नगरौं । राजनीतिमा महिलाका सवाल विरलै उठ्छन् । अझ नेपालजस्तो देशमा महिलाको उपस्थिति केवल संख्याका लागि मात्र हुने गरेको तीतो यथार्थ छ । केही महिना÷समय अगाडिमात्र ठूला भनिएका राजनीतिक दलहरुका वडादेखि केन्द्रीयस्तरसम्म अधिवेशन भव्यताका साथ सम्पन्न भएता पनि महिलाको नेतृत्वदायी सहभागिता भने शुन्य सहर रहयो ।
पछिल्लो समय राजनीतिमा महिला सहभागिता बढिरहेको छ, तर खरायोको चालमा उफ्रनसक्ने कति छन् ? राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता गरिमामय पदमा महिला पुगेपनि सक्रिय नेतृत्वका लागि महिला सहभागिताको सुनिश्चितता छैन ।
महिला जतिसुकै योग्य र सफल भएपनि नेतृत्वमा टिक्न नदिन राजनीतिक जालझेल कति गरिन्छ भन्ने सबैभन्दा ताजा उदाहरण पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको पृष्ठभूमि काफी छ । प्रधानन्यायाधीश छँदा कार्कीमाथि महाअभियोगको प्रयास गरिएको थियो, तर यो प्रयास जनदबाबपछि असफल भयो । यी सबैका पछाडी कहीं न कहीं महिलाको नेतृत्व स्विकार गर्न नसक्ने पुरुषवादी सोँच हावी भएको अनुमान गर्न सकिन्छ ।
महिला नेतृत्वमा भए पनि कुरा आफ्नो सुनेर निर्णय लिउन् वा आफूले भनेको मानुन् भन्ने सोँच पुरुषहरूमा देखिन्छ । जब महिलाले आफ्नो बुद्धि र क्षमताले काम गर्न थाल्छन्, तब अनेक षड्यन्त्र गरी असफल पार्ने कोसिस गरिन्छ । बिबाद र असफल भएपनि पुरुष भने किन टिकिरन्छन् रु पुरुषलाई टिकाराख्न सम्पूर्ण राज्य संरचनाले सहयोग गरिरहेको हुन्छ ।
इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पायो । यसले विश्वभर नेपाललाई फरक पहिचान दियो । तर, अहिलेपनि निर्णय प्रक्रियामा पुरुष हावी भएका छन् । परुषतन्त्रको अन्त्य हुनु पर्दछ । महिलाले समान अवसर र अधिकार व्यवहारमै पाउनु पर्दछ ।
महिला पत्रकारको पीडा पनि उस्तै छ
चुनौतीको खेती भनिने पत्रकारिता महिलाका लागि थप चुनौतीपूर्ण छ । महिला पत्रकारले चाहेर पनि चुनौतीलाई पार गर्ने वातावरण छैन । सामाजिक बन्धन, शारीरिक बनावट र महिलाप्रति हेरिने दृष्टिकोणले महिला पत्रकारका लागि चुनौती थपिएको हो । पत्रकारका लागि पत्रकारिता नसाजस्तो हुन्छ । एकखाले पत्रकार रिपोर्टिङमा दौडिने र समाचार तयार गर्ने कार्यले फुर्सद हुँदैन । अर्का खालका पत्रकार चिया गफ, फेसबुक, ट्वीटरमा रम्यो, लाइक, कमेन्ट र फलोअर हेरेर दिन बिताउने पनि छन् ।
पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर, यही पत्रकारितामा महिला पत्रकारको अवस्था जर्जर छ । पत्रकारितामा महिला सहभागिता फलामको चिउरा चपाउनुजस्तै बनेको छ । महिला पत्रकारलाई हेर्ने दृष्टिकोणमा पुरुषवादी सोच र सामन्तवादी अवशेषले काम गरेको छ । मूलधारका सञ्चार गृहमा व्यवसायिक महिला पत्रकार औलामा गन्न सकिन्छ । पुरुष प्रधान देशमा महिलाप्रति हाम्रो समाजले हेर्ने र देखाउने दृष्टिकोण, उठाउने चोर औला हो । विद्यमान अवस्थामा पनि अधिकांश महिला पत्रकार कार्य क्षेत्रमा खुलेर लाग्न सक्ने अवस्था छैन । मिडियामा काम गर्ने समयका चुनौतीदेखि पारिश्रमिकसम्मका कुराले पत्रकारिता क्षेत्रमा महिला पुरुषको तुलनामा निक्कै पछाडि र कम छन् ।
अरुका हिंसामा कलम चलाउने महिला पत्रकार आफै पनि कुनै न कुनै बेला लैंगिक हिंसाको चपेटामा पर्ने गर्छन् । महिला पत्रकार भएर स्थापित हुन ठूलो चुनौती रहेको छ । एक त चुनौतिपूर्ण कार्य पत्रकारिता त्यसमा पनि महिला भएर फिल्डमा निस्कँदा बाहिरी वातावरणसँग आफैलाई ढाल्न नै निक्कै कठिन हुन्छ । रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कतिपय महिलाको झुकाव कोपिलामै निमोठिन्छ । निमोठिँदै, चिमोटिँदै काँडेतार नाघेर जम्न लागेका महिला पत्रकारका लागि आफ्नै शरीर चुनौती बनिदिन्छ । अन्य पुरुषले मात्र होइन, सहकर्मी पुरुष पत्रकारको हेर्ने दृष्टिकोण र नजर पनि मित्रवत हुँदैन । महिला पत्रकारको शारीरिक बनावट वा सौन्दर्यले पुरुषबाट प्रताडित हुनु पर्दछ । यसले पेसामा झन चुनौती थपिदिन्छ ।
आफ्नै सञ्चार गृहका सहकर्मी पुरुष पत्रकारबाट गिद्धे नजर लगाइन्छ । जुन पुरुषसँग हरेक समाचारको समन्वय गरिहनु पर्ने हुन्छ । तीनै पुरुषसँग इज्जतको लागि पौठेजोरी खेल्नु परिहेको हुन्छ । पुरुष पत्रकारले चाहेको व्यवहारमा संलग्न नभए जागिरबाट निकालिदिने, इज्जतको धज्जी उडाउने जस्ता अनेकौ धम्कीको सामना गर्नु परिहेको हुन्छ ।
पत्रकारीतामा समाचार लेख्न सक्ने महिला पत्रकारको खाँचो खड्कनु नपरोस् । पत्रकारितामा आउन पुरुषलाई जति सजिलो छ महिलालाई उतिकै कठिन छ । अहिले पत्रकार र पत्रकारिताको मूल्य बजारमा बेच्न राखेको सब्जी भन्दा पनि सस्तो हुने अवस्थामा छ । कसैले तपाई के गर्नु हुन्छ भनेर सोध्यो भने छाती फुलाएर भन्न सकु, म पत्रकार हुँ ।
महिलाको लागि महिला । महिलाको समस्यामा महिला रमिते बनेर हैन कि भोलि मलाई पनि पर्छ भन्ने सोची महिला हिंसा रोक्न सहयोग गर्नुपर्दछ । तर महिलाको साझा समस्यामा महिला नै रमिते बनिदिने र कुरा काटेर समाजमा साँघुरो सोचाइ प्रदर्शन गरिदिँदा महिला हिंसाले प्रश्रय पाइरहेको छ ।
बलात्कारीलाई यो वा त्यो सजाय दिनुपर्छ भन्ने आवाज त उठेको छ तर बलात्कार न्यूनीकरणका उपाय के हुन् भनेर खासै चिन्ता गरेको पाइँदैन । समस्याको चुरो पहिल्याइएन भने हाँगा छिमलेरमात्रै समाधान हुन सक्दैन भन्ने बताइरहनु परेन, समाजमा यौन कुण्ठा व्याप्त छ ।
यौनलाई यति गोप्य बनाइएको छ कि प्रायःको दिमागमा कौतूहलताको भुंग्रो छ । दुनियाँमा महिलामात्रै यौनहिंसाको चपेटामा पर्दैनन् । अध्ययनले पुरुष पनि बलात्कारको सिकार हुने देखाएको छ । यति हो त्यो संख्या महिलाको तुलनामा निकै कम छ । महिला यौनजन्य हिंसाको सिकार भए बाहिर आउँछ ।
मायामा कर, बल, तर्क अनि शरीर होइन मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको बिजारोपण गर्न आवश्यक छ । शरीर होइन मन जित्ने कला सिकाउन जरुरी छ । अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिँड्ने समान समाज आजको आवश्यकता हो । जसरी पार्वती बिनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी बिनाका विष्णु आधा छन्, राधा बिनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसैगरी नारीको प्रेम र आत्मियता बिना पुरुष र पुरुषको साथ र सम्मान बिना महिला पूर्ण हुँदैनन् ।
छोरीहरू कहिलेसम्म कमजोर भइरहने रु हामीले यदि चासो राख्ने हो भने हरेक पाइला पाइलामा महिलालाई होच्याउने, ह्र्यास्मेन्ट गर्ने र पछाडिबाट उछितो काढ्ने प्रवृत्ति पुरानै हो र आजसम्म पनि त्यो हट्न सकेन । एउटा अब्बल अनि राष्ट्र र समाजको लागि जिम्मेवारी बोकेर योगदान गरिरहेको सशक्त महिला किन नहोस् उसको जिम्मेवारीको खुलेर प्रशंसा गरी थप उत्प्रेरित गर्न यो समाज तत्पर देखिँदैन बरु सकेसम्म उसका कमजोरीहरू खोज्न लागि पर्छ । यसको जड कथित पितृसत्ता मान्न सकिन्छ । जुन संस्कार हाम्रो पूर्खादेखि नै विरासतमा प्राप्त पुरुषवादी सत्ताको उपहार नै होला शायद ।
पछिल्लो समयमा देशमा बढिहरेको महिला हिंसा, बलात्कार लगायतका घटनाहरूको रोकथाम गर्न देशको राज्य संयन्त्र संवेदनशील हुनुपर्छ । छोरीलाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन हुन जरुरी छ । महिलालाई वस्तु सरह व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । पुरुषवादी सोच, शैली संस्कार, व्यवहार, प्रवृत्ति, मनोवृत्तिमा रहेको हिंस्रक मनोविज्ञानमा सुधार हुनुपर्छ । अनि जब समाज र पुरुष सत्ताले छोरीमा दरिलो भविष्य देख्न सक्छ, भरोसा र विश्वास गर्न सक्छ यस प्रकृतिका हिंसाजन्य घटनाहरूको स्वतः न्यूनीकरण हुँदै जानेछ ।
महिलामाथि हुने हिंसाको प्रतिकार गर्न स्वयं महिला नै सक्षम र सशक्त हुनुपर्ने मान्यता राख्दै यस्ता अमानवीय क्रियाकलापको सामाना गर्न महिलालाई नै सक्षम र सचेत हुन जरुरी छ । यद्यपी सभ्य समाज निर्माणका लागि यो विकल्प हुन सक्ला तर, अन्तिम अस्त्र बन्न सक्दैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हिंसा रोक्न महिला आफैं सक्षम हुनुपर्छ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img