Homeसमाचारअदालतले दोषी ठहर गरेका वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला सेवाग्राहीले तोडे

अदालतले दोषी ठहर गरेका वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला सेवाग्राहीले तोडे

भद्रपुर २२ फागुन । नेपाली कांग्रेस भद्रपुर ९ वडासमितिले वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला सेवाग्राहीले तोडेका छन् । अदालतले दोषी ठहर गरेपनि वडाध्यक्षले वडाको काम कारवाहीलाई निरन्तरता दिएको भन्दै नेपाली कांग्रेस वडा समिति ९ले फागुन २० गते भद्रपुर नगरपालिका वडा नं ९ वडाध्यक्ष शनीलाल राजबंशीको कार्यकक्षमा लगाएको ताला लगाएका थिए ।
जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा विना सुचना तालाबन्दी गरेर जनतालाई असर पुग्ने काम गर्न नहुने भन्दै ताला तोडिएको सेवाग्राही बसन्त राजबंशीले बताउनु भयो । वडा कार्यलय कुनै राजनैतिक दलको पार्टी कार्यालय नभइ जनताको प्रत्यक्ष सरोकार राख्ने ठाउँ भएकोले तालाबन्दी कसैको पनि हित नहुने टिप्पणी गर्नुभयो । अध्यक्ष राजबंशीले सम्बन्धित निकाय अदालतबाट कामकाज नगर्न आदेश नआएसम्म अध्यक्षले काम गर्न पाउनु पर्ने बताउदै पत्र प्राप्त हुने वित्तिकै कार्यबाहक तोकेर छोड्नु पर्ने वडासदस्य नुतन पौडेलले बताउनु भयो ।
किर्ते नागरिकतामा जिल्ला अदालत झापाबाट कसुर ठहराइएका अध्यक्ष राजबंशीले नैतिकताको आधारमा जनताको काम कारवाही गर्न नमिल्ने भन्दै नेपाली कांग्रेस वडा नं ९ वडा समिति सभापति चेतनाथ भट्टराईको नेतृत्वमा शुक्रवार गएको एक टोलीले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
किर्ते नागरिकता मुद्दामा ३ बर्ष अगाडी देखि दोषी ठहराइएका राजबंशी केहि समय फरार रहेर अदालतमा धरौटी राखेर छुटेको थिए । अदालतको २०७८ मंसिर १३ गतेको फैसला आदशेमा उनलाई दोषी ठहर गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअदालतले दोषी ठहर गरेका वडाध्यक्षको कार्यकक्षमा लगाएको ताला सेवाग्राहीले तोडे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img