Homeसमाचारदोमुखामा आगलागी २ जना घाइते, ४ होटलमा क्षति

दोमुखामा आगलागी २ जना घाइते, ४ होटलमा क्षति

सुरुङ्गा १३ फागुन । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी दुई जना घाइते र पाँच वटा भौतिक संरचना जलेर नष्ट भएको छ । आगलागीमा डम्बर मगर, किशोर लिम्बु, हरि भण्डारी लगायतको चार वटा होटल र एउटा सामुदायिक क्लवको भवन जलेको हो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीया छोरी अस्मिता जलेर घाइते भएका हुन् । उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार राति ११ बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा लिन रातभर लागेको थियो । शिवसताक्षी, कमल र विर्तामोडको दमकलले आगो निभाएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदोमुखामा आगलागी २ जना घाइते, ४ होटलमा क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img