विराटनगर १३ फागुन । मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितबाट भारतीय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्णिया थान चोक ग्राम पञ्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन ।
उनीहरुलाई शुक्रबार बिहान साढे १० बजे बिराटनगर–१३ नहर चोक स्थितमा सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा टेम्पोमा सवार उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोट सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
भारतीय नक्कली नोट सहित ३ जना पक्राउ

































































































