झापा १२ फाल्गुन । झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहीकी ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । बुधबार बेलुका ८ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र. १–०१–०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिएको थियो ।
घाईते दाहालको बिर्तामोडस्थित बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने दुर्घटनापछि फरार रहेका चालक झापा बुद्धशान्ति गाऊपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्री दाहालको मृत्यु

































































































