दुवागढी ११ फागुन । आगलागी पीडित लख्खी मर्डीको मेची अभियानले घर निर्माण गरिदिने भएको छ ।
गत माघ १६ गते मेचीनगर नगरपालिका–१४ सुकुम्बासी टोलमा आगलागी हुँदा घरबार विहिन भएकी मर्डीको घर निर्माणका लागि बुधबार शिलान्यास गरिएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिनुभयो ।
पीडित नागरिकको दुखमा सदैव एक कदम अगाडि बढेर मानविय भावनाले सहयोग गर्दै आएको अभियानले गर्न लागेको मर्डीको घरको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गर्नुभयो ।
३ कोठे घर निर्माणका लागि स्थानिय समिती समेत बनाएको अभियानले सबैमा सहयोगको अपिल समेत गरेको छ ।
विश्व थापा संयोजक रहेको निर्माण समितिको सदस्यहरुमा सुशिला रिजाल, भुपेश मर्डी, बालकृष्ण रिजाल, लालमाेहमद मिया, गंगा पौडेल, दीपक ढुङ्गाना, दीपक सुवेदी, तिलक भुजेल, प्रकाश बिर्जा, दिना बेस्रा, मिलन शिवाकोटी, डक्लु बिर्जा, गोपीराज मैनाली, दीपक बानियाँ रहेका छन् भने निर्माण समिति सल्लाहकारमा लोकराज ढकाल रहनु भएको छ ।
लख्खी दिदीको घरको शिलान्यास, मेची अभियानले बनाउने

































































































