Homeशिक्षासामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण

बिर्तामोड ११ फागुन । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालशिक्षा देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुका लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिएको हो । फागुन ४ गते बुधबारदेखि शुरु गरिएको पोशाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रुमख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको उपस्थिति थियो । पोशाक वितरणका क्रममा सबै विद्यालयमा पुगेर जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्रधानाध्यापक र शिक्षकको उपस्थिति रहेको थियो ।
नगरप्रमुख ध्रवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरुले ड्रेस किन्न नसकेका कारण धेरै वालवालिका विद्यालय जानबाट बञ्चित भएकोे पाइएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोशाक वितरण गरिएको बताउनु भयो ।
यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले पोशाक वितरणले अभिभावकहरुलाई थोरै भएपनि राहत मिलेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयहरुको पढाईको स्तरलाई गति दिनको लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक लगायत सबैको साथ सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।
लक्ष्मी आधारभुत विद्यालय बिर्तामोड ७ का शिक्षक केशव उप्रेतीले प्रविधि मैत्री कक्षा व्यवस्थापनका लागि समेत बिर्तामोड नगरपालिको जोड दिँदै आएको भन्दै प्रशंसा गर्नुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा साथीको जस्तो पोशाक नहुँदा हिनताबोधको समस्या हुने गरेको भन्दै उहाँले पोशाक वितरण कार्य सह्रानिय रहेको बताउनु भयो । यस्तै बिर्तामोड ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक तोया काफ्लेले पनि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको प्रतिक्रिया दिंदै उक्त कार्यले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने बताउनु भयो ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्रका ३ वटा विद्यालयमा साङ्गवेद संस्कृत मावि विनपा–२, तालेमुल कुरान बिर्तामोड–३ र बिर्तामोड ६ को हरिहर आश्रमका विद्यार्थीहरुलाई पोशाक वितरणको तयारी भइरहेको नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षासामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img