Homeसमाचारमहिला उद्यमी संघ नेपाल झापाको छैटौं बार्षिक साधारणसभा

महिला उद्यमी संघ नेपाल झापाको छैटौं बार्षिक साधारणसभा

विर्तामोड ९ फागुन । महिला उद्यमी संघ नेपाल झापाको छैटौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा विर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक्सल सफल महिला उद्यमी पुरस्कारबाट बुद्धशान्तिकी तारादेवी अधिकारी पुरस्कृत भएकी छन् । पुरस्कारको राशी १५ हजार रुपैया रहेको छ ।
त्यस्तै उत्कृष्ठ सदस्य सम्मानबाट गिता भण्डारी पुरस्कृत भएको कार्यक्रममा सहयोगी संस्थाहरुमध्येबाट इष्टर्न इम्पायर कलेजका निर्देशक निर्मल निरौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लिङदेन, संस्थापक अध्यक्ष गोमा भट्टराई, एक्सल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख लेखराज कार्की, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख दिनेश पोखरेल, एविसि नेपाल झापा अध्यक्ष कञ्चना ढकाल, उद्योग वाणिज्य संघ विर्तामोडका सहसचिव राधिका हुमागाई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत यसोदा चापागाई, स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शर्मिला अधिकारीले गर्नुभएको थियो । साधारणसभापछि सम्पन्न बन्द सत्रले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष पुनम घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रले पारित गरेको छ । संस्थाका सदस्य सरस्वती खतिवडा भटराईलाई नगद ३२ हजार दुईसय १० रुपैया सहयोग प्रदान गरेको छ । क्यान्सरबाट पीडित सदस्यको उपचार सहयोगार्थ रकम प्रदान गरिएको थियो । आगामी बर्षदेखि सप्तकोशी डेभलपमेन्ट बैंकले पनि सफल उद्यमीलाई पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला उद्यमी संघ नेपाल झापाको छैटौं बार्षिक साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img