HomeFeatured 2जनताको पक्षमा काम गर्ने प्रतिवद्धता

जनताको पक्षमा काम गर्ने प्रतिवद्धता

भद्रपुर ३ फागुन । प्रदेश नं १ का भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले आफूले प्रदेश नं १ का जनताको मन जित्ने गरी काम गर्ने बताउनु भएको छ ।
एकल महिला झापासहित विभिन्न आधा दर्जन बढी संघ संस्थाहरुले झापाको भद्रपुर १० स्थित चन्दगढीमा अवस्थित एकल महिला छहारीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री सरावगीले यस्तो बताउनु भएको हो ।
मन्त्री सरावगीले आफुले मन्त्रालय सम्हाल्नु भन्दा पहिले नै अघिल्लो सरकारले मन्त्रालयको सम्पूर्ण बजेट रित्याइसकेको बताउदै पहिले काम गर्न बजेटको श्रोत जुटाउन पहल गर्ने र त्यो पछि जनताको बिश्वास जित्ने गरी काम गर्ने योजना रहेको बताउनु भयो ।
२०२१ सालदेखि सकृय राजनीति गरेका मन्त्री सरावगी ७७ बर्षमा पहिलो पटक मन्त्री भएका हुन् । कार्यक्रममा बोल्दै आफुले जहिले जनताकै पक्षमा काम गर्ने बताउँदै मन्त्री पदमा बहाल रहँदा कमी कमजोरी भए औल्याएर आफुलाई खबरदारी गर्न समेत आग्रह गर्नु भयो । मन्त्रालय सम्हाल्लेको अनुभव भए बताउँदै उहाँले जनताको पक्षमा बुद्धि र विवेकले भ्याए सम्म अहोरात्र खटेर काम गर्छु ।
एकल महिला झापा अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा सेवा निवृत कर्मचारी समाज झापाका अध्यक्ष धनप्रसाद शिवाकोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका सचिव चेतनाथ भट्टराई, चन्द्रगढी सेवा समाज अध्यक्ष कमल अधिकारी , एबिसी झापा अध्यक्ष कन्चना ढकाल, सानाहातहरु नेपाल भद्रपुर शाखा अध्यक्ष जगत वाग्ले, सत्मिलन महिला समुह भद्रपुरकी अध्यक्ष यशोदा कोइराला लगायतले मन्त्री सरावगीलाई खाँदा र फुलमालाले सम्मान गर्दै कार्यकालको कामना गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जनताको पक्षमा काम गर्ने प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img