HomeFeatured 2कनकाईमा कांग्रेस कार्यकर्तालाई प्रशिक्षण

कनकाईमा कांग्रेस कार्यकर्तालाई प्रशिक्षण

सुरुङ्गा २९ माघ । झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै पार्टी विधान र डायरी वितरण गरिएको छ ।
कनकाई नगर प्रशिक्षण विभाग प्रमुख सन्तोष रायमाझीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी इतिहास, नेपाली झन्डाको ईतिहास, झन्डामा लेखिएको ४ वटा ताराको अर्थ र महत्व, पार्टीको आगामी रणनीति, अभिब्यक्ता स्वतन्त्रता लगायतका विषयमा कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी जिल्ला सचिव कृष्ण हुमागाँई र पार्लियामेन्ट्री प्रोसिडरका विषयमा कुमारमणी पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
चुनावी घोषणापत्र बनाउने, क्षेत्र नम्बर–४, प्रदेश ख का सभापति ख्यामराज सिटौला, पार्टिमा विधान अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए । पार्टीको निर्णय प्रतिको प्रतिवद्धता हुनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नगर सभापति दुर्गा प्रसार्इले नगरमा पार्टीले सञ्चालन गर्ने भावी योजनाबारे अवगत गराउनु भएको थियो । सो अवसरमा जिल्ला सदस्य लिला चिमरिया, महाधिवेशन प्रतिनिधि शेरबहादुर थापा, धनमाया चिमरिया, पूर्व जिल्ला सदस्य गोपाल उप्रेती, प्रशिक्षण विभाग सदस्य हरि फुयाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गोमा कार्की, नगर सदस्य गंगाराम दाहाल, धनपती चापगार्इ नगर सदस्य, व्यानर माथीको, हर्क ल्वागुन, स्वागत कबिता बस्नेत रेणुका उप्रेती, अशोक पाठक लगायतले जिज्ञासा राखेका थिए ।
सचिव दिपक खतिवडाले सन्चालन गरेको कार्यक्रममा कनकाइ नगपालिकाका सबै वडा सभापतिहरुसहित कार्यकर्ताको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कनकाईमा कांग्रेस कार्यकर्तालाई प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img