Homeसमाचारभद्रपुरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन

भद्रपुरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन

भद्रपुर २८ माघ । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झापाको भद्रपुर नगरपालिकाले आजदेखि जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
नगरका जेष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वडा नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिनु भयो ।
आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ तथा वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर बरुवालले संयुक्त रुपमा सो स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
दैनिक आलोपालो विशेषज्ञ चिकित्सक, स्टाफ नर्ससमेतको सेवा रहने बताइएको सो जेष्ठ नागरिक स्वास्थ्य केन्द्रको भवन अघिल्लो वर्ष नै निर्माण सम्पन्न भएको थियो । स्वास्थ्य केन्द्रबाट सामान्य चेकजाँच र औषधि निःश्ल्क रुपमा उपलब्ध हुने स्वास्थ्य शाखा फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img