भद्रपुर २८ माघ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले महिनाको अन्तिम शुक्रवारे कार्यक्रम अन्तरगत श्र्रष्ठा इन्दिरा कुसुमद्वारा लिखित कृति पीडाभित्रका नारी नामक कथा संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
पुस्तकालयको सभाहल चन्द्रगढीमा शुक्रवार आयोजित कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार चुडामणी रेग्मी र विशिष्ठ अतिथि प्राज्ञ सदस्य शुभद्रा भट्टराईले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । पुस्तकालयका अध्यक्ष विरही अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कृतिको समिक्षा साहित्यकार लता खरेलले गर्नु भएको थियो। पुस्तकालयका उपाध्यक्ष हरीप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव गिता सुवेदी नेपालले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रेग्मी विशेष अतिथि भ्टराई , साहित्यकार गंगाप्रसाद ओली , लगायतले मन्तव्य राखेका थिए।
इन्दिरा कुसुमको ‘पीडाभित्रका नारी’को विमोचन



















