Homeसमाचारमेदनीको नेतृत्वमा साझा पार्टी

मेदनीको नेतृत्वमा साझा पार्टी

विर्तामोड २१ भदौ । साझा पार्टीको झापा जिल्ला समितिको संयोजकमा मेदनी प्रसाई चयन भएका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित एक कार्यक्रमका बीच केन्द्रीय संयोजक रविन्द्र मिश्रको उपस्थितिमा प्रसाईको संयोजकत्वमा झापा जिल्ला समिति घोषणा गरिएको हो ।
समितिको उपसंयोजकमा चन्द्र मैनाली, सचिव खगेन्द्र सिलवाल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र खनाल, प्रशान्त ढकाल, खगेन्द्र मैनाली, खेम अधिकारी, मधु रिजाल, भुपिन कटुवाल, दुर्गा आचार्य, अजित पौडेल, निषा शोनी कर्ण र हरिकुमार कार्की रहेका छन् ।
त्यसैगरी बाह्रदशी र हल्दिबारीको कमिटी पनि घोषणा गरिएको छ । मधु रिजालको संयोजकत्वमा ५ सदस्यीय हल्दिबारी गाउँ कमिटीको सदस्यहरुमा एकराज दाहाल, सुकल किस्कु, घनश्याम अधिकारी र रामचन्द्र मैनाली रहेका छन् ।

घोषित जिल्ला, हल्दिवारी र बाह्दशी गाउँ कमिटिसंग साझा पार्टीका संयोजक रविन्द्र मिश्र ।

भुपिन कटुवालको संयोजकत्वमा घोषित ७ सदस्यीय बाह्दशी गाउँ कमिटीका सदस्यहरुमा गोविन्द बजगाई, विकास पौडेल, जीवन ओली, हस्ताली मोहम्मद, जगत भण्डारी र डिल्लीबहादुर थापा रहेका छन् ।
नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै साझा पार्टी नेपालका अध्यक्ष रविन्द्र मिश्रले देश फेरि पनि विकास र समृद्धितर्फ नजाने सङ्केत देखिएको बताउनुभयो ।
‘दुई तिहाईको सरकारलाई विकास र समृद्धिका लागि के ले रोकेको छ?’ भन्ने प्रश्न गर्दै नेता मिश्रले भन्नुभयो–‘भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई केले रोकेको छ, ठूला माछा समाते साना माछा आफैं टुङ्गो लाग्छन् ।’
जनताले तिरेको करको तलब खाएर निजामति कर्मचारीलाई राजनीति गर्न दिनु नहुने बताएका मिश्रले सम्पत्ति विवरणमा केही नदेखाउने नेताहरुलाई विदेशका महङ्गा अस्पतालमा परिवारसहित गएर उपचार गर्ने पैसा कहाँबाट आउँछ ? खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।
तुलसी उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम अधिकारी, प्रदेश संयोजक अनिल भेट्वाललगायतले बोलेका थिए । नवघोषित जिल्ला संयोजक प्रसाइले प्रतिबद्धता मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन सुरज दङ्गालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेदनीको नेतृत्वमा साझा पार्टी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img