झापा २३ माघ । प्रदेश १ को आइतबार (आज) हुने मन्त्रीपरिषद बिस्तारमा झापाबाट दुईजना मन्त्री हुने भएका छन् ।
झापाबाट कांग्रेसका एक्ला सांसद रहेका ओमप्रकास सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री र नेकपा माओवादी केन्द्रका सांसद झलकबहादुर दर्लामी मगरले कृषि मन्त्री हुने पक्का भएको हो ।
समानुपातिक सांसद सरावगी कांग्रेस नेता कृष्ण सिटौलाको कोटाबाट मन्त्री बन्न लागेका हुन् । सरावगी प्रदेश १ का जेष्ठ सदस्य समेत हुन् । झापाबाट माओवादी केन्द्रबाट कृषि मन्त्री बन्न लागेका मगर क्षेत्र नम्बर ४ प्रदेश (क) का सांसद हुन् ।
साता अघि प्रदेश १ का सात मन्त्रालय विभाजन गरी १२ वटा बनाइएपछि मन्त्रीमण्डल बिस्तार हुन लागेको हो ।
प्रदेश १ मा अहिले मुख्यमन्त्री राजेन्द्र राईसहित छ मन्त्री छन् । अर्थमन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की , भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की , सामाजिक विकास मन्त्री जयराम यादव र विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री छन् । ६ सदस्यीय मन्त्रिमण्डलमा काङ्ग्रेसका केदार र हिमाल दुई मन्त्री छन
सरावगी उद्योग र दर्लामी कृषि मन्त्री बन्दै

































































































