Homeसमाचारफ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको 'मिडिया एक्सन नेपाल'पहिलो सदस्य

फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको ‘मिडिया एक्सन नेपाल’पहिलो सदस्य

काठमाडौँ १६ माघ । विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN)को सदस्यमा चयन भएको छ।
जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय संस्थाहरूको समूह हो । यसले मिडिया फ्रिडम कोलिसन MFC को काममा सल्लाह दिन्छ र राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका केसहरूको छनोटलाई सहजीकरण गर्दछ।
मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भन्नुभयो–‘मिडियाले स्वतन्त्र र निर्भिक रुपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’ नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिंदै मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसन MFCलाई सहयोग प्रदान गर्न तयार रहेको बताए।
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) ले प्रेस स्वतन्त्रता विशेष जोखिममा रहेका देशहरूको विषय र पत्रकार वा मिडिया आउटलेटहरू खतरामा रहेका मामिलाहरू मिडिया फ्रिडम कोलिसन MFC लाई कारबाहीका लागि प्रस्तुत गर्दछ । साथै, यसले मिडिया स्वतन्त्रता र मिडिया विकासभित्र वर्तमान र भविष्यका मुद्दाहरूमा सल्लाह दिन्छ।
२२ वटा सदस्यहरू रहेको यस नेटवर्कमा मिडिया एक्सन नेपालसँगै आर्टिकल १९, कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स, डि डब्लु एकेडेमी, फ्री प्रेस अनलिमिटेड, आइफेक्स, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेसनल मिडिया सपोर्ट, इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउन्डेशन , पब्लिक मिडिया एलायन्स, रिपोर्टरस बिदाउट फ्रन्टियर्स, कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, र द गार्जियनलगायतका संस्थाहरु रहेका छन्।
मिडिया एक्सन नेपाल यस अन्तरराष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट पहिलो र दक्षिण एशिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो संंस्था हो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको 'मिडिया एक्सन नेपाल'पहिलो सदस्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img