Homeसमाचारभद्रपुर नाकाबाट आवत जावतमा कमी

भद्रपुर नाकाबाट आवत जावतमा कमी

भद्रपुर १५ माघ । पछिल्लो समय कोरोना संक्रमण अन्र्तगत ओमिक्रोनको मात्रा बढेसंगै झापाको भद्रपुर गलगलिया मेचीपुल नाका आवत जावत गर्नेहरुको संख्यामा कमी आएको छ । माघ ७ गतेबाट जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सार्वजनिक सूचना अनुसार स्वास्थ्य सावधानी अपनाएर अत्यावश्यक काम बाहेकका मानिसहरुले मात्र सिमानाकाबाट आवतजावत गर्न पाइने भनेसंगै नाकामा आवत जावतमा कमी आएको हो।
दैनिक ५ सय बढी मानिसहरु आउने जाने यस नाकाकमा संक्रमण फैलिएसंगै पछिल्लो समय दैनिक २ सयको हाराहारीमा मात्र मानिसहरुले आउने जानेको गरेका छन् । सिमामा बसेका शसस्त्र र जनपथ प्रहरीले डबल डोज लगाएको खोप कार्ड, कार्ड नभएमा ७२ घण्टे संक्रमण नेगेटिभ रिपोर्टका आधारमा नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले ज्वरो जाँच गरेर मात्र आवत जावत गर्न दिने गरेको वार्ड प्रहरी कार्यालय भद्रपुरका प्रमुख प्रहरी निरिक्षक दलकुमार राईले बताउनु भयो । उहाँले नाकामा सकृय मात्रामा प्रहरी तैनाथ गरिएको हुँदा गैर बाटो आवत जावत गर्नेको संख्यामा पनि कमी आएको जानकारी दिंदै नाका दैनिक बिहाना ६ बजे देखि बेलुका ६ सम्म मात्र खोल्ने गरेको बताउनु भयो ।
नेपाल र भारतमा बसोबास गर्ने मानिसहरुको खेतीपाती गर्न जान आउन र नेपालका विभिन्न उद्योगहरुमा काम गर्न आउने मजदुरहरुको संख्या बढी भएपनि अन्य मानिसहरुको संख्या भने न्युन रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर नाकाबाट आवत जावतमा कमी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img