विराटनगर १४ माघ । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
उनीहरुले गत माघ ७ गते बेलुका साढे ५ बजे एक महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिने भन्दै गाडीमा चढाएर उक्त होटलमा पुर्याएर जबरजस्ती करणी गरेको खुल्न आएको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनाको सूचना पाएसंगै माघ ८ गते इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले होटल संञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
घटनापछि फरार रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई माघ ११ गते ईलाम सुर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरटीआइ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका तिनै जनामाथि जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
जवरजस्ती करणी संलग्न आरोपमा होटल सञ्चालकसहित तीनजना पक्राउ

































































































