HomeFeatured 2जीप दुर्घटनामा बाहुनडाँगीका थापा दाजुभाईको निधन

जीप दुर्घटनामा बाहुनडाँगीका थापा दाजुभाईको निधन

मेचीनगर १३ माघ । बाहुनडाँगी बजारमा होटल व्यवसाय गर्दै आएका रमेश थापा र उनका भाइ सूर्यबहादुर थापाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
झापाबाट इलाम जाँदै गरेको पिकअप जिप आज विहान मेची राजमार्गको रोङ–४ पहिरो भन्ने ठाउँमा दुर्घटना हुँदा दुबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रमेश थापा ५५ वर्षका र उनका भाइ सूर्य ४० वर्षका थिए । इलाम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा थापाका अनुसार उनीहरु सवार प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि लगभग पाँच सय मिटर तल झरेको थियो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापाको वीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जीप दुर्घटनामा बाहुनडाँगीका थापा दाजुभाईको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img