बिर्तामोड १३ माघ । बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नं.– ४ स्थित नमुना टोलमा निर्माण गरिएको भवनको बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बैदिक कार्यक्रमसहित रिवन काटेर उद्घाटन गर्नुभयो ।
वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कर्मचारी मेघराज बास्तोला, पशुपंछी तथा मत्स्य विकास शाखा प्रुमख सावित्रा दाहाल लगायतको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो ।
महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयको–२ कठ्ठा जग्गामा शाखाको–५ कोठे भवन निर्माण गरिएको हो । भवन १ करोड रुपैयाँको अनुदान लागतमा नेपाल लाइभ स्टक इनोभेसन प्रोजेक्टले निर्माण गरेकोे शाखा प्रुमख सावित्रा दाहालले जानकारी दिनुभयो । पशुपंछी तथा मत्स्य विकास शाखाले बिहीवारदेखि नै आफ्नो सेवा नयाँ भवनमा रहेको कार्यालयबाट नै सुरु गरेको पशु प्राविधिक विष्णु भट्टराईले जानकारी दिनु भयो ।
पशुपंछी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन

































































































