मोरङ १३ माघ । मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जयबहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राती साँढे १० बजे खत्रीले आफ्नै बुबा ८० बर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दलबहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घाँटी थिचेर बाबुको हत्या आरोपमा छोरा पक्राउ

































































































