Homeमनोरञ्जनगायन ‘रियालिटी–सो सारेगमप’ को ‘टप 5’ मा पुगेकी कृपालाई भोट गर्न आग्रह

गायन ‘रियालिटी–सो सारेगमप’ को ‘टप 5’ मा पुगेकी कृपालाई भोट गर्न आग्रह

विर्तामोड १२ माघ । नेपालकै ठूलो अन्तराष्ट्रियस्तरको गायन ‘रियालिटी– सो सारेगमप’ को ‘टप फाइभ’ मा पुगेकी कृपा पौडेललाई भोट गरिदिन परिवार तथा कृपा जिताऔं अभियानले अनुरोध गरेको छ । कृपा पौडेलको कला र गला दर्शकका लागि चिरपरिचित भएसंगै प्रतियोगिताको नियमानुसार फाइनालिष्ट हुनका लागि भोट निर्णायक हुने भएसंगै अभिभावक तथा अभियान्ताहरुले भोटका लागि आग्रह गरेका हुन् ।
३५ हजारबढी सहभागिबाट २५६ जनाको सूचीमा सूचीकृत हुँदै सारेगमपको प्रतिष्पर्धाका लागि काठमाडौं पुगेकी कृपा 15,14, हुँदै टप फाइभमा आइपुगेको उनका बुबा कुमार पौडेलले जानकारी दिनुभयो । टप 14 मा पुग्दा भोटका कारण डेन्जर जोनमा परेकी कृपा त्यसयता भने निरन्तर सेभ हुँदै आएकी छन् । टप छ मा पुग्दा उनको भोट पनि हाइएष्ट रहेको जानकारी दिंदै कृपाका बुबा कुमारले अब छोरीको कला र गलालाई भोटको माध्यमबाट सहयोग गरेर फाइनलिष्ट बनाइदिन आग्रह गर्नुभयो।
सामान्य आर्थिक अवस्थाका कारण आफूले भोटका लागि धेरै खर्च गर्न सक्ने अवस्था नरहेको बताउँदै त्यही कारणले छोरीको कला र गला माथि अन्याय हुने हो कि भन्ने चिन्ता लागेको उहाँको भनाई छ ।
कृपा जिताऊँ अभियानका अध्यक्ष तथा विर्तामोड नगरपालिका वडा नं.–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले कृपाको साधनालाई लक्ष्यमा पुर्याउन सबै जुटेर लाग्न आह््वान गर्नुभयो ।


च्याम्पियन बन्नका लागि कति भोटको आवश्यकता पर्छ भन्ने सम्बन्धमा कुनै आंकलन नै गर्न नसकिने अभियानका सचिव माधव कल्पितले बताए । कृपालाई भोट सहयोगका लागि अहिलेसम्म १ लाख ११ हजार संकलित रकम खर्च भएको बताइएको छ । बाँकी अनौपचारिक रुपमा कसले कति भोट गर्यो भन्ने लेखाजोखा गर्न कठिन रहेको कल्पितको भनाई छ । उनका अनुसार प्रतिभोट ५ रुपैयाँ खर्च हुन्छ । टप 15 बाट 14 मा जाँदा डेन्जर जोनमा परेकी कृपालाई अगाडि बढाउन त्यहीदेखि पूर्वकी शान, कृपा पौडेल जिताऔं अभियान शुरु भएको कल्पितले जानकारी दिए ।
विर्तामोडस्थित सरगम संगीतालयमा ६ वर्षको उमेरदेखि नै सप्तक म्युजिक क्लास लिंदै आएकी कृपा प्रत्येक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सोमा कृपाले गाएका उत्कृष्ट गीतका कारण देश विदेशका दर्शकको मन जितेको छ
कृपालाई भोट गर्नका लागि मोवायलका म्यासेज बक्सा गए SGMP 09 लेखेर 33001 मा क्भलम गर्नसकिन्छ । त्यसैगरी Mo Mo App डाउनलोड गरेर पनि देश तथा विदेशबाट भोट गर्न सकिन्छ भने voting.momoappnepal.com बेबसाइटबाट पनि भोट गर्न सकिनेछ ।
माघ २२ गते बेलुका हुने फाइनल प्रतियोगितामा सहभागीलाई सोही दिन बेलुका ९ बजेसम्म भोट गर्न सकिने विर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार दिपेन्द्र पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनगायन ‘रियालिटी–सो सारेगमप’ को ‘टप 5’ मा पुगेकी कृपालाई भोट गर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img