HomeFeatured 2हात्तीको आक्रमणबाट दमकका अधिकारीको निधन

हात्तीको आक्रमणबाट दमकका अधिकारीको निधन

दमक १२ माघ। झापाको दमक नगरपालिका–३ का ६३ बर्षीय गणेशप्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मंगलबार बेलुका ९ बजेतिर खेतमा पानी लगाउन जाँदै गरेका अधिकारी दमक–३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमणमा परेका थिए । जंगलबाट आउँदै गरेको हात्तीले लछार पछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समयमा झापामा हात्तीको उपद्रो बढ्दै गएको गुनासो गर्दै आएका छन् ।
बस्ती नजिकैको जंगलबाट दैनिक साँझ परेपछि आउने जंगली हात्तीले घरभित्रको अन्न झिकेर खानुका साथै, बालीनाली नष्ट गर्ने तथा मानिसलाई घाइते बनाएपछि बुद्धशान्ति ३ मा स्थानीयले नियमित रुपमा हात्तीको गस्ती गर्दै आएका छन् । सो क्षेत्रमा विगत एक महिनायता झण्डै १० वटा घरमा क्षति पुर्याएको छ भने एकजनाको हात्तीको आक्रमणमा परी करङ्ग भाँचिएको मानव हात्ती द्वन्द्व न्यूनिकरण बुद्धशान्तिका अध्यक्ष सिताराम बास्तोलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हात्तीको आक्रमणबाट दमकका अधिकारीको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img