भद्रपुर १० माघ । रेडक्रसको अन्तर्राष्ट्रिय महासघ आइएफआरसीमार्फत नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यलयबाट प्राप्त एक सेट भेन्टिलेटर मेचि अस्पताल भद्रपुरलाइ हस्तान्तरण गरिएकाे छ ।
नेपाल रेडक्रस साेसाइटी झापाकाे संयाेजनमा सम्पन्न एक संक्षिप्त कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी रिजालले मेची अस्पतालका प्रमुख डा . टंक बारकोटीलाइ भेन्टिलेटर सेटसहितकाे सामग्री हस्तान्तरण गरेकाे नेपनल रेडक्रस साेसाइटी झापाका सभापति लाेकराज ढकालले जानकारी दिनुभयो ।
सामग्री बुझ्दै अस्पताल प्रमुख बाह्रकाेटीले प्राप्त भेन्टिलेटर आइसीयु कक्षमा राखिने जानकारी दिनुभयो ।
हस्तान्तरण भएको सामाग्रीमा भेन्टिलेटर सेट र त्यसलाइ आबस्यकपर्ने अन्य सामाग्री (एसाेसरीज) ९०थान रहेको बताइएको छ । कोभिडको महामारी बढिरहेका बेला अस्पताललाई प्रदान गरिएकाे भेन्टिलेटरबाट उपचारका लागि आउने बिरामीलाई थाेरै भएपनि सहयाेग पुग्ने रेडक्रसकर्मीले विश्वास गरेका छन् ।
आइएफआरसीमार्फत प्राप्त भेन्टिलेटर मेची अस्पताललाई हस्तान्तरण



















