भद्रपुर ८ माघ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले नव गठित कार्यसमिति पदाधिकारीहरुलाई गोपनियताको सफथ ग्रहणसंगै पद हस्तान्तरण गरेको छ ।
शनिबार पुस्तकालयको सभाहल चन्द्रगढीमा आयोजित कार्यक्रमका बीच निवर्तमान् अध्यक्ष नवराज घिमिरेले नव गठित समिति अध्यक्ष विरही अधिकारीलाई पुस्तकालयको चावी तथा निर्णय पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान् अध्यक्ष घिमिरेले पुस्तकालयलाइ स्थानीय सरकारको रुपमा परिचित भद्रपुर नगरपालिकाले आफुले सहयोगका लागि आफनो कार्यकालभर जति नै प्रयास गरे पनि सहयोग नगरेर सौताने व्यवहार गरेको बताउनु भयो ।
आफ्नो कार्यकालमा पुस्तकालयका धेरै अधुरा कार्यलाई पुरा गर्न सफल भएपनि आर्थिक अभावका कारण सोचे जति कार्य गर्न नसकेको सुनाउनु भयो ।
नव गठित समिति अध्यक्ष विरही अधिकारीले पदभार ग्रहण गर्दै सबैको सहयोगमा पुस्तकालयको हितमा कार्य गर्ने बताउनु भयो । नव गठित समिति सचिव हरि किसोर आचार्यको स्वागत तथा नव गठित समिति उपाध्यक्ष हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्ण सुवेदी निराकार, समाजसेवी हिराप्रसाद पोखरेल, बरिष्ठ साहित्यकार चुडामणी रेग्मी, गंगाप्रसाद ओली लगायतले मन्तव्य राख्दै नव गठित कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
गत मंसीर ३ गते अधिकारीको नेतृत्वमा ७ सदस्यीय पुस्तकालयको आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्य समिति गठन गरिएको थियो ।
लेखनाथ पुस्तकालयको पद हस्तान्तरण

































































































