सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–१३ का १६ बर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउँसो घर नजिकै नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागी नोवेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जनाएको छ ।

































































































