बिर्तामोड २७ पुस ।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई विदाई गरिएको छ ।
बिर्तामोड उद्योग वाािण्ज्य संघको अगुवाइमा ३० बढी संघ संस्थाले प्रहरी उपरीक्षक भट्टराईलाई विदाई गरेका हुन। एक वर्ष अघि जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका भट्टराईले शान्ति सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सम्मानित भट्टराईको सम्मान पत्र महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता खरेल विमलीले वाचन गर्नुभएको थियो । गोर्खा फाउण्डेशनका संचालक बीरवहादुर दर्नाल स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरी क्लव मिटटाउनका प्रेसिडेन्ट दिनेश पोखरेलले सञ्चालन गर्नुभएको थियो ।
सानुरामलाई ३० बढी संघ संस्थाद्वारा सम्मानसहित विदाई

































































































