HomeFeatured 2चुनावी अभियान थाल्न कांग्रेस नेताको निर्देशन

चुनावी अभियान थाल्न कांग्रेस नेताको निर्देशन

विर्तामोड २२ पुस । नेपाली कांग्रेसका अग्रज नेताहरुले पार्टीको आन्तरिक निर्वाचनको गुटउपगुट निर्वाचनसँगै सकिएको बताउँदै पार्टीलाई एकढिक्का बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
लोकतान्त्रिक पद्धति अनुसार जो–जो जहाँ–जहाँबाट प्रतिष्पर्धामा उत्रिएपनि अब पार्टी पुनरताजगी प्रक्रिया सम्पन्न भएको बताउँदै नेताहरुले स्थानीय, प्रदेश र संघीय चुनावका लागि पार्टीलाई एकढिक्का बनाएर टोल–टोलबाट चुनावी अभियान थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेश क को कार्यालय उद्घाटन, पदस्थापन एवं सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख अतिथि एवं अग्रज नेता डिल्लीप्रसाद सिटौला, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाई लगायतले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
आन्तरिक प्रतिष्पर्धामा कसैको हार वा जीत नहुने उल्लेख गर्दै नेताहरुले मतदानमार्फत पहिलो र दोस्रो हुनेले सँगसँगै मिलेर पार्टी हित, लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र जनताको समृद्धिका लागि पार्टीको अभियान सञ्चालन गर्न समेत आह्वान गरेका छन् । नेपाली कांग्रेस एकजुट भए अन्य कुनै पनि दलले पार्टीका उम्मेद्वारलाई पराजित गर्न नसक्ने नेताहरुको भनाई छ ।
कार्यक्रममा क्षेत्र नं–२ प्रदेश–१ का निवर्तमान सभापति धर्म लक्सम्बाले विदाइ मन्तब्यसँगै नवनिर्वाचित सभापति लक्ष्मीप्रसाद आचार्यलाई माइन्युट हस्तान्तरण गर्दै पदस्थापन गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सिटौलाले सभापति आचार्यलाई सपथ गराउनुभएको थियो भने आचार्यले कार्यसमितिका पदाधिकारी÷सदस्यलाई सपथ गराउनुभएको थियो । प्रतिबद्धता मन्तब्य राख्दै सभापति आचार्यले पार्टीले अति विपन्न वर्गका परिवारको स्वास्थ्य वीमाका लागि पहल गर्ने र आफूसँगै प्रतिष्पर्धा गरेका रविन्द्र भट्टराइलाई सदस्यमा मनोनयन गर्ने निर्णयसमेत प्रस्तुत गर्नुभयो ।
नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य मिरा खड्का, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली,  विर्तामोड नगरसभापति भोजराज सिटौला, रविन्द्र भट्टराई लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा   प्रदेश सदस्य रञ्जिता कार्की, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, विर्तामोड नगरपालिका वडा नं–६ का अध्यक्ष सूर्य कन्दङ्वा, ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायत विभिन्न सामाजिक संघसंस्थाका अगुवा, नेपाली कांग्रेस झापाका सदस्यहरु, महाधिवेशन प्रतिनिधि, वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रदेश क्षेत्रीय उपसभापति गंगा ओलीले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन गंगाप्रसाद चुडालले गर्नुभएको थियो ।
झापा क्षेत्र नं–२ प्रदेश क्षेत्र–१ को कार्यालयका लागि सामाजिक ब्यक्तित्व गोपाल मैनालीले निशुल्क रुपमा कोठा उपलब्ध गराउनुभएको छ भने विभिन्न दाताहरुले कुर्सी प्रदान गर्नुभएको छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चुनावी अभियान थाल्न कांग्रेस नेताको निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img