विर्तामोड १८ पुस । झापाकै गौरबको रुपमा हेरिंदै आएको झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
कोरोना महामारीका कारण विगत २ वर्षदेखि रोकिएको प्रतियोगिताको पाँचौं संस्करणका लागि फागुन २१ देखि ३० गतेसम्मलाई तय भएको हो ।
काठमाडौंबाहिर झापालाई फुटबलको हब बनाउने उद्देश्यका साथ २०७२ सालबाट झापाको विर्तामोड ३ स्थित डोमालाल रंगशालामा बर्षेनी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
यो वर्ष प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँचहजार प्राप्त गर्नेछन् भने मस्ट भ्यालुएवल प्लेयरले एकथान मोटर साईकल, उत्कृष्ठ गोलकिपरले, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले समान २१ हजार पाउने छन् भने उच्च गोलकर्ताले २५ हजार प्राप्त गर्ने विर्तामोडमा जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताका म्यान अफ द म्याचलाई ९ हजार ९ सय ९९ सय राशीको पुरस्कार प्रदान गरिने बताइएको छ ।
विगत वर्षमा झैं प्रतियोगिताको पाँचौं संस्करणमा पनि जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५÷१५ हजारसहित सम्मान गर्नुका साथै रंगशालाका जग्गादाता डोमालालका सन्ततीलाई २५ हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता सफल बनाउनु सबै झापाबासीको जिम्मेवारी भएको बताउँदै गोल्डकप अध्यक्ष बस्नेतले सबैलाई सहयोग गर्न आह््रवान समेत गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले नेपाल भारत तथा अन्यमुलुकका खेलाडीहरुले पनि डोमालाल रंगशालामा खेल्न चाहेको बताउँदै झापा गोल्डकपले नेपालमा मात्र नभएर अन्य देशमा पनि ब्राण्डका रुपमा परिचित भइसकेको बताउनु भयो ।
सोही अवसरमा गोल्डकपका निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले झापाको शानका रुपमा रहेको झापा गोल्डकप सफलतापूर्वक सम्पन्न गर्नु आम झापाबासीको दायित्व भएको बताउँदै सबैको सहभागिता जरुरी रहेको औल्याउनु भयो । कोरोना महामारीका कारण ठूलो भोल्युममा सहयोग गर्न सक्ने अवस्था नरहेको बताउँदै गिरीले सहयोगमा धेरैको सहभागिता हुनुपर्नेमा जोडदिनुभयो ।
अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संरक्षक गुरुङ, निवर्तमान अध्यक्ष गिरी, कोषाध्यक्ष गिरी लगायतले गोल्डकप सम्बन्धी राखेका जिज्ञासाबारे प्रष्ट्याउनु भएको थियो भने स्वागत उपाध्यक्ष बलराम कार्की र सञ्चालन महासचिव गजेन्द्र पौडेलले गर्नुभएको थियो ।
झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ देखि

































































































