HomeFeatured 2प्रजातान्त्रिक योद्धा तथा संविधानसभा सदस्य ताजपुरियाको निधन

प्रजातान्त्रिक योद्धा तथा संविधानसभा सदस्य ताजपुरियाको निधन

विर्तामोड १८ पुस । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको गएराति १२ बजे ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।
२००१ सालमा जन्मनुभएका ताजपुरिया २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएको थियो । २०१८ सालदेखि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा समेत सक्रिय हुनुभएका ताजपुरिया २०२५ सालमा पक्राऊ परी १ बर्षसम्म कठोर यातनासहित जेल जीवनसमेत विताउनुभएको थियो । राजकाज सम्बन्धि मुद्धामा जेल पर्नुभएका उहाँले लामो समयसम्म तारेख धाउनुपरेको जानकारहरु बताउँछन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राऊ परी जेल जीवन विताउन बाध्य ताजपुरिया प्रजातन्त्रप्रति अडीग र निष्ठावान नेता भएको नेपाली कांग्रेसका पूर्व सचिव भक्ति सिटौलाले बताउनुभयो ।
‘अरु पञ्चायतमा प्रवेश गर्दा पनि उहाँ कहिल्यै प्रवेश गर्नुभएन’–नेता सिटौलाले भन्नुभयो–‘नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र विद्रोह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा उहाँ सक्रिय रुपमा सहभागी हुनुहुन्थ्यो ।’
‘राजनीतिमा हिड्दाहिड्दै आफ्नो जायजेथा सम्पूर्ण सकियो’–ताजपुरियाको राजनीतिक इतिहास सम्झदै नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारीले भन्नुभयो–‘अहिले उहाँको परिवार ओइलानी जग्गामा बसेको छ । साँच्चै भन्ने हो काजकिरिया गर्ने खर्चसमेत अभाव छ।’ विगतमा उहाँको ४० बिगाह बढी जग्गा भएको बताइन्छ ।
नेपाली कांग्रेसको तत्कालीन ५ नं क्षेत्रको क्षेत्रीय सदस्यको जिम्मेवारी संहाल्नुभएका उहाँ पदमा बसेर वा नबसी पनि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएको उहाँका काका एवं नेपाली कांग्रेस झापाका सदस्य सुकदेव ताजपुरियाले बताउनुभयो ।
२०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा उहाँ संविधानसभा सदस्य मनोनित हुनुभएको थियो ।
कुनै दीर्घरोग एवं स्वास्थ्य समस्या नभएपनि उहाँको गएराति अचानक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँका श्रीमती फुर्की ताजपुरिया, छोराहरु धर्मप्रसाद, प्रेमप्रसाद र कृष्णप्रसाद एवं छोरी सुशिला ताजपुरिया हुनुहुन्छ । उहाँको वैदिक विधिपूर्वक आइतबार नै स्थानीय बनियानी खोलाघाटमा अन्त्येष्टी गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमली, सहसचिव कमल भण्डारी, ४ नं क्षेत्रीय सभापति जयनारायण शाह लगायतले पार्टीको झण्डा ओडाउँदै श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना ब्यक्त गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रजातान्त्रिक योद्धा तथा संविधानसभा सदस्य ताजपुरियाको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img