सुरूङ्गा २० पुस। नेपाली काङ्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सबै दलका सबै तहका नेताहरु बेथितिका विरुद्ध र समाज रुपान्तरणका पक्षमा बोल्नुपर्ने बताउनुभएको छ ।
बी पी कोइरालासगै प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका तुर्सा हेमरमको २४ औ स्मृति दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै नेता शर्माले काङ्ग्रेसको रुपान्तरण हुँदै गर्दा त्यस्को अनुभुति देश र जनताले पनि महसुस गर्न सकेमात्रै उपलब्धि हुने बताउनुभएको हो ।
राजनीतिप्रती सबैको आकर्षण बढाउन सामाजिक सद्भाव, एकाअर्काप्रती सहयोग र ब्यवहार परिवर्तन समेत जरुरी रहेको शर्माको भनाइ छ ।
“काङ्ग्रेस रुपान्तरणको जिम्मेवारी हाम्रो काधमा छ”- शर्माले भन्नुभयो-” ब्यवस्था परिवर्तनसगै अवस्था परिवर्तन जरुरी छ।”
तुर्सा हेमरमसगै सघर्स गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा, सहिद हरुले पनि सामाजिक रुपान्तरको शपना देखेको बताउदै नेता शर्माले सन्थालसगै पछाडि पारिएका जातजातिको राज्यको हरेक सयन्त्रमा सहभागिता जरुरी रहेको बताउनुभयो । अब परिवर्तन र रुपान्तरणका लागि कसैले रगत बगाउनुनपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली काङ्रेस केन्द्रीय सदस्य सुशीला ढकालले तुर्सा हेमरमको जीवनशैली अत्यन्तै साधारण भए पनि चेतनाका हिसाबले अगाडि रहेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस झापाका पुर्ब सभापति पुर्णानन्द शर्माले तुर्सा हेमरम सबैभन्दा त्यागी नेता भएको स्मरण गर्दै तत्कालीन शासकहरुले जस्तोसुकै यातना दिदा पनि प्रजातान्त्रिक बिचारबाट कति पनि बिचलित नभै निरन्तर प्रजातन्त्रको पक्ष मा लडेको बताउनुभयो ।
अग्रज नेता डिल्ली सिटौलाले तुर्साले देखाएको बाटोमा हिडेर निरन्तर पिछडिएका जातजाती र बर्गको प क्षमा बोल्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली काङ्रेस झापाका उपसभापति केशवराज पाण्डेले तुर्सा स्मृती प्रतिस्ठानलाई सन्थाल जातिसहित लोपोन्मुख र अल्पसंख्यक जातजातिको आशाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
लखन हेमरमको सभापतित्वमा सप्पन्न कार्यक्रममा मोहन टुडु र बडाराम हेमरमले सन्थाल जातिलाइ शिक्षाको पहुचमा पुर्याएर उनीहरुको जीवनस्तर सुधारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कनकाइ नगरपालिका का मेयर राजेन्द्र पोखरेलले मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत टीका मैनाली र सन्चालन कुमारमणी पोखरेलले गर्नुभएको थियो ।
`समाज रूपान्तरणका पक्षमा बाेल्नु पर्छ´

































































































