Homeसमाचारनेपालीहरुको जीवन रक्षा र मर्यादित रोजगार प्रमुख एजेन्डाः उपाध्यक्ष आचार्य

नेपालीहरुको जीवन रक्षा र मर्यादित रोजगार प्रमुख एजेन्डाः उपाध्यक्ष आचार्य

क्वालालाम्पुर . गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका दावेदार आचार्यले हरेक दिन कम्तीमा दुईजना नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको दृष्टान्त ज्यादै दुखद रहेको बताएका हुन् ।
उनले मलेसियामा हरेक दिनजसो नेपाली दाजुभाइहरुको हृदयाघात भएर मृत्यु अनि अंगभंग हुने, घाइते हुने जस्ता समस्या रहेको बताए।
मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले भने, ‘विभिन्न समस्यामा परेका नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गर्न लागिएको कल्याणकारी कोषको प्रशंसा गर्दै कोषमा व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहनेछ ।’
अध्यक्ष भवन भट्ट जस्तै आफुले पनि बेलायतमा भाडा माझेर व्यवसाय शुरु गरेको स्मरण गर्दै मलेसिया लगायतका मुलुकहरुमा काम गर्ने नेपालीहरुको पीडा आफुले राम्रोसँग बुझेको बताए।
गैरआवासीय नेपाली संघ धन हुने भन्दा पनि मन हुनेहरुको संस्था रहेको उल्लेख गर्दै आचार्यले संस्थालाई सबै गैरआवासीय नेपाली अटाउने साझा चौतारी बनाउने आफ्नो मिशन रहेको आचार्यले बताए ।
एनआरएन युकेका पूर्व अध्यक्ष आचार्यले एनआरएन युकेले एउटा कल्याणकारी कोष खडा गरेको र त्यसबाट पीडित नेपालीहरुलाई सहयोग गर्ने परिपाटी शुरु गरेको पनि उनले स्मरण गरे ।
मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा अयोजित कार्यक्रमको मलेसियाका लागी नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।
नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्ष भन्दा बढी समय देखि बन्द छ । मलेसिया जाने नेपाली कामदारको संख्या घटे पनि मृत्यु र अंगभंग हुनेको संख्यामा सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्ष करीब २०० जना नेपालीले ज्यान गुमाइसकेका छन्। ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपालीहरुको जीवन रक्षा र मर्यादित रोजगार प्रमुख एजेन्डाः उपाध्यक्ष आचार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img