भद्रपुर १७ पुस । प्रकाश एकता कृषि सहकारी संस्था भद्रपुरको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपाल प्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा स्थानीय मुना भवनमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले ७४ लाख ३८ हजार ५सय रुपैया बराबरको शेयर पूँजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमा नगर प्रमुख श्रेष्ठ ,राष्ट्रसेवक सहकारी संस्था भद्रपुरका अध्यक्ष बशिष्ठ अधिकारी , सामुदायिक वन उपभोक्ता समुह चन्द्रगढी अध्यक्ष दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी उपभोत्ता तथा सरसफाई समिति अध्यक्ष चुडामणी मैनाली लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ठ जेष्ठ सम्मान, सन्तति पुरस्कार छात्राबृत्ति लगायतका विभिन्न पुरस्कारबाट उत्कृष्ठ ९ जनालाइ सम्मान समेत गरिएको थियो ।
शनिवारै संस्थाको नयाँ कार्य समिति समेत चयन गरिएको छ । श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोषकुमार खड्का र स्वागत उपाध्यक्ष मन्जु पोखरेलले गर्नु भएको थियो ।
प्रकाश एकता कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा

































































































