भद्रपुर १७ पुस । अन्तरराष्ट्रिय टोपी दिवसको सन्र्दभमा झापाको सदरमुकाम भद्रपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले प्रभातफेरी सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रम लेखनाथ चोकदेखि भद्रपुर नगरपालिका वार्ड नं १० को वडा कार्यलयमा पुगेर प्रभात फेरी समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै केन्द््रका अध्यक्ष ज्ञानबहादुर चौहानले नेपाली ढाका टोपी नेपालीहरुको पहिचान भएको भन्दै सबैले देशको धर्म सस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष बाबुराम कार्र्कीले चन्द्रगढीमा विगत ६ बर्ष अगाडी देखि टोपी दिवस मनाउने गरिएको बताउदै नेपाली ढाकाटोपीलाई नेपालीको मौलिकताको रुपमा लि पर्ने धारणा राख्नुभयोे ।
समाजसेवी मोहन बस्नेतले नेपालीहरुले राष्ट्रियता बिर्सदै गएको भन्दै विश्वमा नेपालीहरुको पहिचानको रुपमा रहेको ढाकाटोपी लगाएर राष्ट्रियता जोगाउनुपर्ने बताउनु भयो । विश्वलाइ नेपाली भनेर चिनाउने माध्यम ढाका टोपी नै भएको उहाँको भनाइृ छ ।
भद्रपुरमा अन्तराष्ट्रिय टोपी दिवस
