HomeFeatured 2विर्तामोडमा व्यवस्थित मिट मार्ट

विर्तामोडमा व्यवस्थित मिट मार्ट

विर्तामोड १५ पुस । स्वस्थ्य र गुणस्तरीय मासु विक्री गर्ने उद्देश्यले महिलाहरुको सक्रियतामा झापाको बिर्तामोडमा भाउजु मिट मार्टमार्फत मिट माउण्ट सञ्चालनमा ल्याइएको छ ।
स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री वितरण गर्ने उद्देश्यले मिट माउण्ट सञ्चालनमा ल्याइएको आज पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालक समूहले जानकारी दिएको छ । रेखा कार्की रिजाल, पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगालको प्रत्यक्ष सहभागितामा मिट माउण्ट सञ्चालनमा आएको हो । झण्डै एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको मिट मार्टको सञ्चालको हो ।
बढ्दो जनघनत्वसंगै मासुका उपभोक्ता बढेपनि स्वास्थ्य मापदण्ड पशुपंक्षी बध गरेर विक्री गर्ने गरेका कारण उपभोक्ताहरु कमसल गुणस्तरको मासु उपभोग गर्न बाध्य छन् । आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परीक्षण गरिएका र मासु शुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने सञ्चालक हिमा दंगालले बताउनुभयो ।


त्यही बाध्यतालाई मध्यनजर गर्दै अधिकतम आफ्नै कृषि फार्ममा उत्पादित पशु तथा पंक्षीलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बधशालामा बध गरी स्वास्थ्य मापदण्ड अनाएर उपभोक्ता समक्ष पुर्याउने लक्ष्यका साथ मिट माउण्ट सञ्चालनमा ल्याइएको विहीबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मिट माउण्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फाम झापासँगको सहकार्यमा मासु पसल सञ्चालनमा ल्याएको बताइएको छ । यी फामहरुले कुखुरा, खसि, बँदेल, माछा लगायतका पशुपंक्षी उत्पादन गर्दै आएको छन् । यिनीहरुका अतिरिक्त अन्य कृषि फाममा उत्पादित पशुपंक्षीको स्वास्थ्य परीक्षण गरी मासुका रुपमा बजारमा ल्याइने अर्की सञ्चालक पल्मु शेर्पा निरौलाले बताउनुभयो ।
मिट माउण्ट सञ्चालनका लागि नेपाल सरकारको मापदण्ड अनुरुप करिब आठ सय वर्ग फिटमा पशुपक्षी बधशाला र लगभग १३०० वर्ग फिटलाई खण्डिकत गरी विभिन्न मासुहरुको बिक्री कक्ष निर्माण गरिएको छ ।
उपभोक्ताहरुले खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अष्ट्रिज, कुखुरा, बट्टाइ, हाँस, कुखुरा लगायत विभन्न प्रकारका माछा गरी १७ देखि २० प्रकारका माछा–मासु एउटै छातामुनी सहज रुपमा पाउने छन् । साथै, मिट माउण्टले जारी गर्ने ग्राहक कार्डका आधारमा विशेष छुट समेत प्राप्त गर्ने छन् । मिट माउण्टमा २१ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको मिट माउण्टको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले पुस १७ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विर्तामोडमा व्यवस्थित मिट मार्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img