Homeयुवा/वालवालिकाअसहाय बालबालिका आश्रयस्थल स्थापनाको प्रस्ताव, बुद्धशान्तिले जग्गा उपलब्ध गराउने

असहाय बालबालिका आश्रयस्थल स्थापनाको प्रस्ताव, बुद्धशान्तिले जग्गा उपलब्ध गराउने

भद्रपुर । सडक तथा असाहय बालबालिकाहरुलाई अल्पकालिन आश्रयदिने उद्देश्यले झापामा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) स्थापना र सञ्चालनको लागि प्रस्ताव भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको आत्महत्याबाट हुने मृत्यु, समस्या र समाधान’ र ‘अस्थायी आश्रयस्थल स्थापना र सञ्चालन’ सम्बन्धी अवधारण–पत्र प्रस्तुत र छलफल कार्यक्रममा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) स्थापना र सञ्चालनको लागि प्रस्ताव भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्लाका प्रहरी प्रमुख,
इलाका प्रहरी कार्यालय अनारमनी र काँकडभिट्टाका प्रमुखहरु बीच भएको छलफलमा त्रिदेव बहुमुखी क्याम्पस, चारआलीकी सह–प्राध्यापक साबित्रा दाहाल भट्टराईले ‘बालबालिकाको आत्महत्याबाट हुने मृत्युः समस्या र समाधान’ र अधिवक्ता तथा समुन्नत नेपालकी संयोजक कोपिला बस्नेतले ‘अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) ः आवश्यकता र व्यवस्थानपन’ विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रस्तुत कार्यपत्रमा बालक र बालिकाको लागि छुट्टाछुट्टै अस्थायी सुरक्षण केन्द्रको स्थापना गर्ने, मनोपरामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई शारीरिक, मानसिक, भौतिक रुपमा यथास्थितिमा पूर्णस्थापित गर्ने, बालबालिकालाई अभिभावकत्वको अनुभूती गराउने, बालबालिकाहरुको कानून प्रद्त्त आधारभूत र सुरक्षा सम्बन्धी कानूनी व्यवस्थाको ग्यारेन्टी गर्ने, युवा अवस्थाका हरेक नागरिकले समाजमा स्वयमसेवकको रुपमा समय दिनुपर्ने, बालबालिकाको अधिकार र बालहिंसाको विषयमा विस्तृत जानकारी गराउने, बालबालिका हिंसामा परेमा न्यायको लागि सम्बन्धित निकायमा जाने प्रक्रियाका बारेमा
जानकारी गराउने, प्रत्येक स्थानिय निकायमा आवश्यकता अनुसारको व्यवस्थित बाल उद्यम संचालन गरी बालबालिकालाई नैतिक शिक्षा, संस्कार र संस्कृति तथा आवश्यक समाज उपयोगी सकारात्मक शिक्षा प्रदान गर्ने, बालबालिकालाई सामाजिक संजालको प्रयोगमा रोक लगाउने, जोखिममा परेका बालबालिकाको सर्वोतम हित संरक्षणको लागि अल्पकालिन सुरक्षण घरको स्थापना र संचालन गर्ने लगायतका विषयहरु उठान गरिएको छ ।
छलफलकै क्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पुरानो टिमाई शिविर भएको ठाउँमा १० कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । भुजेलको प्रतिवद्धतालाई स्वागत गर्दै अन्य पालिका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बचन दिएका छन् ।
छलफमा जिल्ला बार, भद्रपुर बालक्लव, त्रिदेव बहुमुखी क्याम्पस, जिल्ला शिक्षा समन्वय इकाई लगायतका संस्थाबाट प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो ।
प्रारम्भिक अवस्थामा यस केन्द्रमा राखेर उनीहरुको ऐतिहासिक पृष्ठभूमि, अवस्था र घर छोड्नुको कारण विशेषज्ञको परामर्स सहयोगमा पत्ता लगाई पुनः उनीहरुलाई परिवारमा नै पुनस्थापित गर्ने बातावरण र्सिजना गर्न अस्थायी प्रकृतिको सेवामुखी संस्थाको परिकल्पना गरिएको छ । यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी केन्द्रीय तहमा राष्ट्रिय बालकल्याण परिषद् र जिल्ला तहका जिल्ला बालकल्याण समितिको समन्वय वा प्रदेश र स्थानीय सरकारको अनुमतिमा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अवस्था बमोजिम हाललाई जिल्ला बाल कल्याण समितिको अगुवाई र समन्वयमा झापाका १५ वटै पालिका र सरोकारवाला निकायहरुको सहकार्यमा अस्थाई आश्रयस्थल स्थापना गर्न पहल सुरु भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
युवा/वालवालिकाअसहाय बालबालिका आश्रयस्थल स्थापनाको प्रस्ताव, बुद्धशान्तिले जग्गा उपलब्ध गराउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img