HomeFeatured 2हिमपातका कारण उडान स्थगित, जनजीवन प्रभावित

हिमपातका कारण उडान स्थगित, जनजीवन प्रभावित

झापा १४ पुस । देशका विभिन्न स्थानमा हिमपात र वर्षाका कारण चिसो ह्वात्तै बढ्दा जनजीवन प्रभावित बनेको छ ।
देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।
प्रतिकूल मौसमका कारण काठमाडांैबाट देशका विभिन्न ठाउँमा हुने हवाई उडानहरु प्रभावित भएका छन् । मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश हिमाली, उच्च पहाडी भागमा हिउँ पर्नुका साथै पानी समेत पर्न थालेपछि प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।
डोल्पा, लुक्ला, सिमिकोटलगायतका स्थानका सबै उडान रद्द भएका छन् । पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि उडान हुन सकेको छैन ।
कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्र पनि मंगलबार रातिदेखि नै हिमपात र वर्षा भइरहेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । हिमाली जिल्ला मुगु र हुम्लामा पनि हिमापात भइरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हिमपातका कारण उडान स्थगित, जनजीवन प्रभावित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img