विर्तामोड १४ पुस । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ–५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन् ।
पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सि.पि.यु ३ थान, एल.सि.डी ३ थान, प्रोजेक्टर मेसिन १ थान र पानी तान्ने मोटर २ थान चोरी भएको थियो ।
चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घरनजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो ।
दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बरामद भएको समान सहित चोरीमा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

































































































