Homeसमाचारमौषम पूर्वानुमानमा आधारितअग्रिम विपद कार्य सम्बन्धी छलफल

मौषम पूर्वानुमानमा आधारितअग्रिम विपद कार्य सम्बन्धी छलफल

सुरुङ्गा ६ पुस । मौषम पूर्वानुमानमा आधारित अग्रिम विपद कार्य सम्बन्धी जिल्ला स्तरीय बहस तथा छलफलबारे मंगलबार छलफल भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति झापाका संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा सुरुङ्गामा आयोजित छलफलमा अघिल्लो वर्षको अनुभवका आधारमा आगामी दिनमा बाढीबाट हुने क्षतिमा कमी ल्याउन कसरी अघि बढ्ने ? यो वर्ष बिपदबाट प्रभावितलाई रेमिटान्सबाट रकम वितरणको प्रभावकारिता जस्ता विषयमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
छलफलमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेमिटान्सबाट नगद वितरण गर्दा पारदर्शी हुने बताउँदै उक्त कार्यको प्रशंसा समेत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाले गत कात्तिकको पहिलो हप्ता आएको बाढीबाट प्रभावितलाई देशमै पहिलो पटक रेमिटान्सबाट राहत स्वरुप नगद वितरण गरेको थियो । कार्यक्रममा विपदका बेला रेडक्रसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्दै बाढीबाट हुने क्षति कम गर्न बेलैदेखि सबै सचेत हुनुपर्नेमा जोड दिए । समेत गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला प्रशासन कार्यालय, रेडक्रस, विभिन्न संघ संस्थाका प्रमुख तथा अन्तराष्ट्रिय संस्था डब्लुएफपीका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।
कार्र्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, कनकाई मञ्जु प्रसाई र शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, नेकपा माओवादीका बोधराज दाहाल, एकीकृत समाजबादीका प्रतिक राजवंशी लगायतले मन्तव्यसहित सुझाव राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेको कार्यक्रममा सहजीकरण डब्लुएफपीका प्रतिनिधि नितेस श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । छलफलबाट जिल्लामा पर्नसक्ने संभावित बिपद न्यूनिकरणका लागि ११ वटा निर्णय भएको हरिशरण खड्काले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमौषम पूर्वानुमानमा आधारितअग्रिम विपद कार्य सम्बन्धी छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img