बिर्तामोड २६ मंसीर । झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औं बार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाले आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/०७८ सम्ममा ३९ हजार ८ सय ६९ जना शेयर सदस्य र चुक्ता शेयरपूँजी ३५ करोड ८४ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै बचत एक अर्व ५१ करोड १६ लाख २० हजार ३७६, जगेडा तथा अन्यकोषहरुमा १५ करोड ४८ लाख ३३ हजार ९७ रुपैयाँ ४६ पैसा, कर्जा सुरक्षण कोष ५ करोड १२ लाख ७ हजार ५९१ रुपैयाँ ३ पैसा, ३ अर्व ४१ करोड २ लाख १९ हजार ३५१ गरी खुद नाफा ९ करोड ५७ लाख ४६ हजार ६८७ रुपैयाँ गर्न सफल भएको छ ।
एक हजार ५ सय ४१ जना निस्कृय सदस्य रहेको र तिनीहरुलाई यस साधारणसभामा समावेश नगराइने साथै उनीहरुलाई संस्थाको प्रक्रिया पूरा नगरे हटाइने संस्थाले जनाएको छ । आव असार मसान्तसम्म २ सय २९ जना कर्मचारी रहेको संस्थामा हाल २ सय ८९ जना रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
सोबाट नियमित रुपमा बचत तथा कर्जाको कारोबार गर्ने सदस्यहरुले योगदानका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट ५ प्रतिशत पाउने छन् भने सबै सेयर सदस्यहरुले शेयर लाभांश वापत ९ प्रतिशत प्राप्त गर्ने संस्थाका अध्यक्ष टसबहादुर प्रधानले बताउनु भयो ।
झापाका सबै, इलामका तीन र मोरङका तीन पालिकामा जम्मा ३७ वटा सेवाकेन्द्र सञ्चालन गर्दै आएको कर्णालीले गत असार मसान्तमा कायम रहेका ३० वटा सेवा केन्द्रलाई १४ इकाईमा वर्गीकरण गरी केन्द्रगत साधारणसभा गर्ने तयारी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाले यही पुष १ गतेदेखि २१ गतेसम्म इकाईगत साधारणसभा सञ्चालन गर्नेछ भने पुस २५ गते माइन्युट प्रमाणीकरण तथा २१ औं बार्षिक साधारणसभाको समापन गर्ने तालिका बनाएको संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले बताउनु भयो । उहाँका अनुसार इकाइगत साधारणसभाबाट ३–३ जना प्रतिनिधि चयन हुनेछन् ।
कर्णाली साकोसले भिजन २०८० का लागि निर्धारित लक्ष्य एवम् अधिकांश सूचकहरु गतवर्ष नै पूरा गरिसकेकाले पुनरावलोकन गरिएको जनाइएको छ । संस्थाले लघुवित्त संस्थाहरुको राष्ट्रिय अभियान थ्री जिरो क्लवलाई सफल पार्न आवश्यक योगदान गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ ।
अत्याधुनिक प्रविधि (डिजिटल प्रविधि) को माध्यमबाट सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको संस्थाले अब नगदरहित कारोबार गर्ने सदस्यहरुलाई उत्साहित गर्दै आएको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले २१ औं बार्षिक साधारणसभाका लागि तयार पारेको संस्थागत प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । अध्यक्ष प्रधानसहित उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, संस्थाका अनुगमन उपसमिति सदस्य गणेशप्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो लगायतले प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कर्णाली साकोसको इकाइगत साधारणसभा पुस १ देखि २१ सम्म, २५ गते माइन्युट प्रमाणीकरण
