शनिश्चरे २६ मंसीर । शनिश्चरेमा आयोजित एक कार्यक्रमका बीच ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
विर्तामोडस्थित स्वरोेजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र शनिश्चरेमा आयोजित सेवाकेन्द्रगत साधारणसभामा ६ जना ज्येष्ठ नागरिकसहित संस्थामा आवद्ध भइ उत्कृष्ट कारोबार गर्ने असल ऋणी, असल बचतकर्ता, उत्कृष्ठ बाल बचतकर्ता, एकल महिला शेयर सदस्य आदिलाई सम्मान गरिएको हो ।
कौशीलाल दर्जी (भोला)को अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक तथा अन्य सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि रानाले सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राना, विशेष अतिथि अर्जुनधारा नगरपालिकाका सहकारी विभाग प्रमुख सुमित मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव मनोज भट्टराई र सेवाकेन्द्र सचिव चित्रकला पौडेलले सञ्चालन गरेको
त्यसैगरी जागिरमान राईको अध्यक्षतामा बुधबारे सेवाकेन्द्रको साधारणसभा सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं.–४ का वडाध्यक्ष बुद्धिमान लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि लिम्बू, विशेष अतिथि पदमप्रसाद भण्डारी लगायत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा गरेको संस्थागत गतिविधि समेटिएको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
सचिव भट्टराईको सञ्चालन रहेको सभाबाट संस्थाको पुष नौ गते हुने पूर्ण साधारणसभाका लागि सेवाकेन्द्रबाट सहभागी हुने प्रतिनिधिहरु समेत छनौट गरेको विभागीय प्रमुख रुपन चाम्लिङले जानकारी दिनुभयो ।
सो अवसरमा बुधबारे सेवा केन्द्रमा आवद्ध ज्येष्ठ नागरिक तथा उत्कृष्ट कारोबार गर्ने असल ऋणी, असल बचतकर्ता, उत्कृष्ठ बाल बचतकर्ता, एकल महिला शेयर सदस्य आदिलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ सदस्यलाई स्वरोजगारको सम्मान
