विर्तामोड २६ मंसीर । ‘भनिन्छ चोरका दाउ अनेक ।’ ती अनेक दाउ के के हुन सक्छन् ? कतिले अनुमान लगाउन सक्लान् कतिले नसक्लान् । तर, कहिले काँही त्यस्ता अनेक दाउ सार्वजनिक र भिडभाड भएका ठाउँमा अपत्यारिलो तरिकाले देख्न, भोग्न र सुन्न पाइन्छ । त्यस्तै अनेक दाउ गरेर चोरी गर्ने व्यक्ति बिर्तामोडको एक पार्टी प्यालेसबाट पक्राउ परेका छन् ।
विर्तामोडको पूर्वमा अवस्थित सिटी सेन्टरमा विर्तामोड–१ निवासी सुजता संग्रौला र टिकाराम प्रसाईको बैबाहिक कार्यक्रम चलिरहेको थियो । विवाहको कर्म चलिरहेकै बेला एकव्यक्ति साउण्डसिष्टमको छेवैमा गएर मोवायलबाट चर्को आवाजमा गीत घन्काउन लगाएर मज्जाले नाचेर अरुलाई पनि नचाए । अरु नाच्न थालेपछि साउण्ड सिष्टमको छेवैमा रहेको झोला टिपेर भागेको कसैले पत्तै पाएनन् । एकछिन पछि झोला धनी बेहुली पक्षका आफन्त (नातामा काका पर्ने) लीलाधर थपलियाले आफ्नो झोला नदेखेपछि खोजी गर्दा कही पनि फेला पर्न सकेन । थपलियाले भने–‘क्यास पैसा थिएन महत्वपूर्ण डकुमेन्टहरु थिए, खोजी गर्दा कहीं फेला नपरेपछि साइ प्यालेसको सीसी क्यामेराको फुटेज हेर्दा ११ बजेर ५६ मिनेटमा झोला तानेको देखिन्छ मान्छेको अनुहार चिनिदैन, त्यसपछि सिटी सेन्टरको सिसी क्यामेरामा हेर्दा मान्छे देखियो।’ वास्तविकताबारे बताउँदै थपलियाले सुनाए–सिसी क्यामेरामा देखिएको मान्छे हामी चिन्छौं भन्दै बेहुलीका भाईहरुले भन्दै थिए, यसो हेर्दा त उही मान्छे मण्डपको वरीपरी घुमिरहेको रहेछ ।’
बेहुला न बेहुली दुवैतिर आफन्त नरहेका मेचीनगर–१० का महमद तालिवले आफू सोही ठाउँको अर्को पार्टी प्यालेसमा भइरहेको विहेमा आएको बताए । त्यसपछि खोजी शुरु भो अर्को विहेतिर तर त्यहाँ पनि तालिवलाई चिन्ने कोही ननिस्किएपछि र सुरक्षाकर्मी समेत पुगेपछि थाहा भो चोरी उनको पेशा नै रहेछ ।
थपलियाले भने–दुईतिरको बिहे चोर भेटिएको भन्ने सुन्ने वित्तिकै भिडले छोपीहाल्यो । पहिले चोरेको स्विकार गरेको थिएन् तर, प्रमाण पुगेर खै गरेपछि स्वीकार गर्यो ।’ मेरो झोला सिटी सेन्टरको पश्चिमतर्फ फोहोर फ्याँक्ने ठाउँमा फ्याँकेको रछ । तत्कालै थाहा पाउनाले सबै सामान भेटियो ।
ब्यागमा एनएमबी बैंकको ५ लाखको सही गरेको चेक थियो थपलियाले भने–‘चेक लिएर जाँदा थपक्कै साटिन्थ्यो भने अरु ७५ हजार पर्ने आइफोनको एयरबोर्ड अरु महत्वपूर्ण डकुमेन्टहरु थिए ।’ तर केही गर्न पाएको रहेनछ ।’एकपटक चोरी गरेर पनि निर्धक्क रुपमा मण्डपमा घुम्नुले चोरी गर्ने व्यक्ति पेशेवर चोर हुनसक्ने विर्तामोड ५ का प्रज्वल विमलीले बताए । बिहेको क्याटरिङ म्यानेजमेन्ट हेर्न त्यहाँ पुगेका विमलीलाई पीडितले सिसी क्यामेरा हेर्न अनुरोध अनुरोध गरेसंगै चोर पत्ता लागेको उनले बताए । सिसी क्यामेराकोे सहारामा पक्राऊ परेका तालिबलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ । चोरीकै अभियोगमा उनी यसअघि पनि विर्तामोड इलाकामा २५ दिन बसेर धरौटीमा छुटेको इलाका प्रहरी कार्यालय विर्तामोडका मुद्दा फाँटका इन्पेक्टर हरि बरालले जानकारी दिए ।
बिहेमा नाच्ने बहानामा चोरी, सिसी क्यामेराको सहायतामा पक्राउ
