HomeFeatured 2राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुनः बशिष्ठ, साना किसानको छैटौं साधारणसभा

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुनः बशिष्ठ, साना किसानको छैटौं साधारणसभा

भद्रपुर २७ मंसीर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको सम्पन्न २२ औ बार्षिक साधारण सभाबाट अध्यक्षमा पुनः बशिष्ठ अधिकारी निवार्चित हुनु भएको छ ।
अध्यक्षको एकमात्र पदमा भएको निर्वाचनबाट २७८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले प्रतिष्पर्र्धीी हिरण्य न्यौपानेले १७१ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । न्यौपानेले १० ७ मत प्राप्त गर्नु भएको थियो । ६९५ जना मतदाता रहेको सहकारीमा ३९४ मत खसेको थियो ।
आगामी ४ बर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा डिल्लीराम ढकाल , सचिवमा नवराज पोखरेल, सहसचिवमा सिता गुरागाई र कोषाध्यक्षमा सुभाष भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरी सदस्यहरुमा क्रमशः भोजप्रसाद पौडेल, सुरेश भट्टराई, चन्द्रप्रसाद रिजाल, गोमा पौडेल घिमिरे, उर्मिला दाहाल गुरागाई, र इन्दुदेवी खवास निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । सभाले दयानन्द नेपालको संयोजकत्वमा ३ दस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ ।
साना किसान कृषि सहकारीकोे छैठौ साधारणसभा
भद्रपुर २७ मंसिर । साना किसान कृषि सहकारी संस्था चन्द्रगढीको छैठौ बार्षिक साधारण सभा जिल्ला समन्नवयन समितिको सभाहल चन्द्रगढीमा सम्पन्न भएको छ । आईतवार आयोजित सभाको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नु भएको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष देवीमाया अधिकारीले संस्थका ६ सय २६ जना शेयर सदस्य विच भएको कारोवारमा २१ लाख ४२ हजार २ सय शेयर पुंजी रहेको जानकारी दिनु भयो । उहाँले संस्थाले हालसम्म १ करोड ४२ लाख १४ हजार रुपैयाँ ऋण लगानी गरेको बताउदै संस्थाका गतिविधिका बारेमा अवगत गराउनु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ,वार्ड नं ७ र १० का वार्ड अध्यक्षाहरु विनोद पोखरेल, काजी खड्का, नेप्सुन केन्द्रिय संचालक घनश्याम अधिकारी, भद्रपुर नगरपालिकाका सहकारी अधिकृत डिल्ली ढकाल, नयानाथ पाण्डे, ज्ञानेन्द्र सुब्बा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ठ ऋणी ,बाल बचत कर्ता ,उत्कृष्ठ अन्तर समुह, ,समुह,जेष्ठ सदस्य महिला तथा पुरुष सहित ७ जनालाई सम्मान समेत गरिएको थियो । अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्मला बास्तोला र स्वगात दुर्गा निरौलाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुनः बशिष्ठ, साना किसानको छैटौं साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img