Homeसमाचारसिम्रिककोे चालु आवको लक्ष्य २ अर्ब ७७ करोड बढी वासलात ४० सेवाकेन्द्र...

सिम्रिककोे चालु आवको लक्ष्य २ अर्ब ७७ करोड बढी वासलात ४० सेवाकेन्द्र पुर्याउने

बिर्तामोड २५ मंसीर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ संस्थाले नाफा गर्न सफल भएको छ । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक सहकारीले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म उक्त मुनाफा आर्जन गरेको हो ।
झापा, मोरङ र इलाममा ३३ वटा सेवा केन्द्र रहेको संस्थामा आर्थिक बर्ष २०७७/०७८ सम्ममा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य तथा २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सोही कार्यक्रमका विच पत्रकार सन्तोष न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।
संस्थाले बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिर्ता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्व ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम २०७७ असार मसान्तसम्म १ अर्व ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत प्रतिवेदनमा छ ।
त्यस्तै आम्दानी तर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ गरी संस्थाले प्रतिवेदनमा छ । संस्थाले चालु यो अवधिमा संस्थाले कोभिड संक्रमणबाट मृत्यु भएका शेयर सदस्यको ऋण मिनाहा र संक्रमितलाई खाद्य सामग्री वितरणमा ६ लाख रुपैयाँ खर्चिएको संस्थाका अध्यक्ष सुवास भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आव २०७७÷०७८ मा संस्थाको वासलातमा ६४ प्रतिशतले बृद्धि गर्दै १ अर्ब ८४ लाख ७७ लाख ६३ हजार २ सय ६९ पुर्याएको संस्थाले चालु आवको अन्त्यसम्ममा ५० प्रतिशतले बृद्धि गरी २ अर्ब ७७ करोड १६ लाख ४४ हजार ९ सय ३ पुर्याउने लक्ष्य राखेको छ ।
हाल झापा, मोरङ र इलाम जिल्लाका ३३ वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको सिम्रिकले चाल आवमा सोही जिल्लाका विभिन्न ठाउँमा ७ वटा सेवा केन्द्र विस्तारका लागि प्रस्ताव गरेको संस्थाले आज ११ ओै बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता रहेको साधारणसभामा पूर्व गृह राज्यमन्त्री तथा पूर्व राष्ट्रिय सहकारी महासंघका अध्यक्ष दीपकप्रकाश बास्कोटा प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख प्रेम बस्नेत (विजय) ले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटा, प्रदेश नं. १ सहकारी रजिष्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिका उपमेयर पवित्रा महतरा प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिम्रिककोे चालु आवको लक्ष्य २ अर्ब ७७ करोड बढी वासलात ४० सेवाकेन्द्र...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img