Homeसमाचारसवारी दुर्घटनामा भागुडुब्बाका उप्रेतीको निधन

सवारी दुर्घटनामा भागुडुब्बाका उप्रेतीको निधन

बिर्तामोड २५ मंसीर । सवारी दुर्घटनामा परि घाइते भएका झापा बाह्रदशी गाउँपालिका वडा नं. १ भागुडुब्बाका प्रमोदचन्द्र उप्रेतीको उपचारका क्रममा निधन भएको छ । चारपाने राजगढ सडक खण्ड अन्तरगत बाह्रदशी गाउँपालिका ३ त्रिवेणी चोकमा आज विहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका भेन चालक ३४ वर्षीय उप्रेतीको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज विहान चारपानेबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१–ख ३५२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको मे १ च २२२६ नं. को भेन एकापसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी सोही ठाउँ बस्ने ५५ वर्षीया कुमारी निरौला, गीता घिमिरे, रन्जिता निरौला, दुर्गा घिमिरे र कचनकवल १ का विशाल घिमिरे घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र अनुहारमा चोट लागेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसवारी दुर्घटनामा भागुडुब्बाका उप्रेतीको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img