बिर्तामोड २५ मंसीर । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको चौधौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा उत्कृष्ट सेवा केन्द्रका रुपमा जयपुर सेवा केन्द्रलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीतर्फ उत्कृष्ट कर्मचारीमा जयपुर सेवा केन्द्रका प्रमुख कुलप्रसाद पाण्डेलाई नगद १० हजार रुपैयाँसहित तथा लक्ष्मीपुर सेवा केन्द्रकी बजार प्रतिनिधि दुर्गा भट्टराई अधिकारीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गणेश पोखरेल, हल्दिबारी गाउँपालिका वडा नं. १ अध्यक्ष त्रिलोचन सापकोटालगायतले शुभकामना मन्तव्य राखेको संस्थाका संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले जानकारी दिए ।
आर्थिक बर्ष २०७७/०७८ सम्ममा ७ हजार ६ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ पुर्याउन सफल भएको छ ।
त्यस्तै निक्षेप प्राप्ती र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैया, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष डिल्ली ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव किशोर भट्टराईले गर्नुभएको थियो । ।

































































































