भद्रपुर २५ मंसिर । ७३ औ मानव अधिकार दिवसको सन्दर्भ पारेर नेपाल बार एशोसियसन झापाले झपाका ३ वटा वजारमा दिप प्रज्वलन गरेको छ । स्वस्च्छ, स्वतन्त्र न्यायपालिका र मानव अधिकार भन्ने मुल नारा सहित एशोसियसनले झापाको चन्द्रगढी , विर्तामोड र दमक बजारका विभिन्न स्थान तथा चोक चोकमा शुक्रवार साँझ दिपप्रज्वलन गरेको हो ।
कार्याक्रममा एशोसियसन मानवअधिकार समिति संयोजक टंकप्रसाद दंगाल, एशोसियसन झापा अध्यक्ष हरी अधिकारी कानुन व्यवसायी ,मानव अधिकारकर्मी, पत्रकार लगायतको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।
झापा बारद्वारा तीन ठाउँमा दीप प्रज्वलन

































































































