Homeसमाचारकाङ्ग्रेसको १४ औ महाधिवेशनमा झापाबाट १७ जना उम्मेदवार

काङ्ग्रेसको १४ औ महाधिवेशनमा झापाबाट १७ जना उम्मेदवार

झापा २४ मंसीर । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा झापाका १७ जनाले विभिन्न पदमा उम्मेदवारी दिने भएका छ्न ।
युवा नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छ्न । बिध्यार्थी जीवनदेखी राजनीतिमा सक्रिय शर्मा युबामाझमा लोकप्रिय मानिन्छन् ।
यसैगरी नेपाली काङ्ग्रेस झापाका पुर्ब सभापति सुधिरकुमार शिवाकोटीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छ्न । सशस्त्र द्वन्द्वकालमा झापा सभापतिको जिम्मेवारी सहालेका र संविधानसभा सदस्री समेत रहिसकेका शिवाकोटी काङ्ग्रेस कार्यकर्तासमक्ष मात्रै नभै अन्तरदलमा समेत समन्वय गर्न स क्षम मानिन्छ्न ।
यसैगरी रास्टृय सभाका पुर्ब सदस्य एवं बर्तमान केन्द्रीय सदस्य सरिता प्रसाईं, प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी सुब्बाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छ्न ।
यसैगरी संविधानसभा सदस्य उषा गुरुङ, पुर्ब केन्द्रीय सदस्री सीता पौडेल, डा. खगेन्द्रपाण्डव अधिकारी, नेपा महिला संघ झापाका सभापति सुशीला ढकाल, नेबिसघ पुर्ब सहमहामन्त्री उमा शिवाकोटी, नेपाल महिला सङ केन्द्रीय सदस्य गोमा भट्टराईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छ्न ।
यसैगरी मेदनी सिटौला, सुरेश सुब्बा, पंकजविक्रम नेम्बाङ, भगिरथ पोद्धार, हस्त परियार, अनिलकृष्ण प्रसाई, तुलसा पन्तले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छ्न ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा सभापति-१, उप-सभापति-२, महामन्त्री -२, सह-महामन्त्री-८ (खस/आर्य,जनजाती,महिला,मधेसी,मुस्लिम,थारु,दलित र पिछडिएको क्षेत्रबाट एक एक जना सहमहामन्त्री ) चयन हुनेछन् । समाबेसी कोटासहित ४१ जना महिला निर्वाचित हुने महाधिवेशनबाट १३४ सदस्यीय समिती चयन हुनेछ ।
जस अन्तरगत केन्द्रिय सदस्य खुल्ला=३५, प्रदेशबाट ७ महिला सहित २१जना, महिला =९ जना, खस आर्य ६महिला सहित=१३जना, आदिवासी जनजाती ७ महिला सहित- १५ जना निर्वाचित हुनेछन् ।
कृयाशील सदस्री संख्याको आधारमा तय गरिएको अनुसुची अनुसार मधेसी ४ महिला सहित ९ जना, दलित ४ महिला सहित- ९ जना, थारु २ महिला सहित- ४ जना, मुस्लिम १ महिला सहित- ३ जना, पिछडिएको क्षेत्र बाट- १ जना, अल्पसंख्यक बाट- १जना र अपाङता भएका बाट- १जना निर्वाचित हुनेछ्न ।
काङ्ग्रेसको बिधान अनुसार कुल निर्वाचित संख्याको २० प्रतिशत मनोनयन गर्ने बिधानको प्राबधान छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकाङ्ग्रेसको १४ औ महाधिवेशनमा झापाबाट १७ जना उम्मेदवार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img